कोरोना रोकथामका लागि नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा पचास लाख सहयोग

नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार २:७:५

१६ चैत, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घले रु ५० लाख सहयोग उपलब्ध गराएको छ ।
महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले रु ५० लाख नगद र करिब रु ७० लाख बराबरको खाद्य सामग्री तथा अन्य औषधी र औषधीजन्य सामग्री उपलब्ध गराएको छ । खाद्य तथा दैनिक उपभोग्य बस्तु भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा श्रमिक वर्गलाई उपलब्ध गराउनेछ ।
महासङ्घले विपद्को समयमा सानो सहयोगले पनि ठूलो राहत दिने लक्ष्यका साथ महासङ्घका पदाधिकारीसहितको टोलीले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष राणाले जानकारी दिएका छन् । अध्यक्ष राणासहितको टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त सहयोग रकम उपलब्ध गराएको हो । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष पशुपति मुरारकालगायत उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार