प्रदेशले कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्दै
नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १८:२५:५५
१७ चैत, बुटवल । कोभिड १९ सङ्क्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ जनशक्तिसमेत तोकेको छ ।
यसैअन्तर्गत प्रदेश नं ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रुपमा जिम्मेवारी तोकेको छ । सरकारले प्रदेश नं ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माणका लागि तयारी गरेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य विभाग प्रमुख डा उमाशंकर चौधरीले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा आवश्यक काम शुरु भइसकेको जानकारी दिएका छन् । उनले भने, ‘प्रयोगशालाका लागि आवश्यक सरसफाइ, टायल बिछ्याइ र रङ्रोगनको काम भइरहेको छ । मेशिन आउनासाथ जडानको काम शुरु गछौं ।’
यो अन्य प्रयोगशालाको उपकरण जस्तो नभई रियल टायम, पिसिआर र किट मेशिनलगायत उपकरण जडान गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरीले जानकारी दिएका छन् । प्रयोगशाला सञ्चालनका लागि हाल तोकिएका तीन विज्ञ जनशक्तिबाटै काम शुरु गरिने र संक्रमणका बिरामीको चापअनुसार आवश्यक जनशक्ति व्यवस्थापन हुने उनले जानकारी दिएका छन् । चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण शुरु गर्ने तयारी सरकारले थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार