मदिरा सेवन गरी वडाध्यक्षमाथि कुटपिट

नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार १९:३:२७

१७ चैत, बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ । उनमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ।
यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए । यसैबीच कोरोनाको भाइरसको सम्भावित जोखिम रोकथाम गर्न किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किन शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाको समन्वयमा शुुरु भएको अभियानमा पहिलो आइतबार सदरमुकास्थित गढी र गोठलापानीमा औषधि छर्किएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको पहलमा शुुरु भएको अभियान अन्तर्गत जिल्लाका भीडभाड हुने सबै बजारहरुमा स्प्रे गरिने जनाइएको छ । औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो । शाहिलेक लगायतका अन्य बजारमा आज किटनाशक औषधि छर्किने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आह्वान समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार