प्रदेशले विपत् व्यवस्थापन कोषमा गर्यो ५० करोड रकम विनियोजन

नेपालबहस संवाददाता
चैत १७, २०७६ सोमबार २१:२७:४२

१७ चैत, काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती प्रदेशमा कोरोना भाइरस प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले गठन गरिएको वाग्मती प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरको हो ।
उक्त बैठकले कोरोना भाइरस प्रकोपलाई स्थानीय तहमा नियन्त्रण गर्ने प्रयासका लागि स्थानीय विपत् व्यवस्थापन कोष स्थापना गर्न प्रदेश सरकारबाट निम्न तपशीलमा अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
उक्त बैठकले काठमाडौँ ललितपुर, भरतपुर महानगरपालिकालाई रु २० लाख हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख, ४१ वटा नगरपालिकाहरुलाई क्रमशः रु १२ लाख र ७४ वटा गाउँपालिकालाई क्रमशः रु १० लाख दिने निर्णय पनि गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताएकका छन् ।
सोही बैठकले प्रदेशको ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहमा दैनिक ज्यालादारी गरी जीवन धान्ने सर्वसाधारणलाई स्थानीय तहमार्फत् गुजारा टार्ने रकम उपलब्ध गराउन एकीकृत अनुगमन टोली गठन गरी त्यसमार्फत परिचालन गर्नेसमेत निर्णय गरेको प्रवक्ता ढुङ्गेलले जानकरी दिएका छन् ।
यसैगरी बैठकले कोरोना भाइरस नियन्त्रण गर्ने प्रयाससम्बन्धी भइरहेका प्रयासको २४सै घण्टा सूचना अपडेट डेस्क स्थापना गर्न सामाजिक विकासमन्त्री युवराज दुलाललाई जिम्मेवारी दिइनेसमेत निर्णय गरेको छ ।
वाग्मती प्रदेशको १३ जिल्लामा भाइरसबाट सङ्क्रमित भएका शङ्कास्पद बिरामीलाई आवतजावत गर्न सडक सञ्जाललाई जोड्न तत्कालै मर्मत संहार गर्नको निम्ति आवश्यक प्राविधिक र डोजर जगेडामा राखिएको वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले जानकरी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार