भिरकोट नगरपालिकामा २६ जना होम क्वारेन्टाइनमा, मंगलबारदेखि नगरमा बिषादी छरिँदै
नेपालबहस संवाददाता
चैत १७, २०७६ मंगलबार ४:१८:२२
१७ चैत, स्याङ्जा । बिश्वभरी महामारीको रुपमा फैलिएको कोराेना भाइरस (कोभिड १९) को सबैतिर उच्च सतर्कता अपनाएको अवस्थामा स्याङ्जाको भिरकोट नगरपालिकाले पनि बिदेश बाट आएका २६ जनालाई होम क्वारेन्टाइनमा राखेको छ ।
नगरपालिका भित्र २५ सैयाको क्वारेन्टाइन बनाइए पनि अहिलेसम्म सबैको अवस्था सामान्य रहेको हुँदा बिदेश बाट आउने सबैलाई होम क्वारेन्टाइनमा राखिएको मेयर छायाराम खनालले जानकारी दिए । बिदेश बाट आएका सबैको पुर्ण जानकारी पालिकामा रहेको र बेलाबेलामा पालिकाको टोलिले स्वास्थ चेक गरेको हुँदा सबैको अवस्था ठिक रहेको खनालले जानकारी दिए । सबैको स्वास्थ अवस्था ठिक रहेपनी १४ दिनसम्म कोरोनाको संक्रमण देखिन सक्ने हुँदा सरकारले जारी गरेको अवधीभर होम क्वारेन्टाइनमा राखेर सबैको स्वास्थ परिक्षण गरिरहेको पनि उनले जानकारी दिए ।
पालिकामा सबैलाई माइकिङ लगायतबाट यस भाइरस बारे जानकारी गराई सबैलाई सतर्कता अपनाउन लगाइएको छ । त्यसको निगरानीको लागि प्रहरी प्रशासन समेत परिचालन गरिएको मेयर खनालले जानकारी दिए । लकडाउन हुनभन्दा पहिला बाहिरी जिल्ला बाट आएका नगरवासीहरु भेटघाट लगायतका क्रियाकलाप गरि जम्मा हुन थालेको पछि प्रहरी प्रशासनको सहारामा त्यस्ता क्रियाकलाप पनि बन्द गराइएको हुँदा हाल समग्र नगरपालिकाको अवस्था संतोषजनक रहेको उनले बताए । गाउँ वा टोलमा कोहि नयाँ ब्यक्ति आयो भने उक्त ब्यक्तिको बारेमा फोन गरेरै जानकारी टोलवासीले दिएको हुँदा नगरपालिका स्वास्थ रहन सबैको सहयोग रहेको खनालले जानकारी दिए ।
सरकारले गरेको लकडाउन कारण अतिविपन्न वर्ग जो दिनभरि परिश्रम गरेर जिविकोपार्जन गर्दै आएका परिवारहरुको लागि नगरपालिकाले हालको लागि राहत कार्यक्रम ल्याएको खनालले जानकारी दिए । हालको लागि त्यस्ता परिवार पहिचान गरि प्रति ब्यक्ति पाँच किलो चामल, आधा लिटर तेल, एक किलो नुन र एक किलो दाल दिने निर्णय गरेको पनि उनले जानकारी दिए । त्यस्ता ब्यक्तिको जानकारी टोल बिकास समितिले लिने र समितिले वडामा जानकारी गर्ने र वडाले नगरपालिकालाई जानकारी गराएपछि राहत वितरण गरिने उनले बताए ।
हरेक वडामा विपन्न परिवार पहिचान गरि नगरपालिकाले दैनिकी गुजाराका लागी सामाग्रीहरु वितरण गर्दै आएको र यो लकडाउन अवधिभर त्यस्ता परिवारको लागि नगरपालिकाको सहयोग रहने वडा नम्बर पाँचका अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिए । अहिलेसम्म यस वडामा कोहि तत्काल बिदेश बाट नआएको हुँदा होम क्वारेन्टाइनमा राख्न पर्ने अवस्था सिर्जना नभएको पनि उनले जानकारी दिए ।
मंगलबार देखि बिषादी छर्ने तयारी गरेको पालिकाले सबैलाई आफू सुरक्षीत हुन आग्रह गरेको छ । आफू सुरक्षीत भैइयो भने परिवार सुरक्षीत हुन्छ, परिवार सुरक्षीत भयो भने टोल सुरक्षीत हुन्छ, टोल सुरक्षीत हुनुभनेको नगरपालिका सुरक्षीत हुनु हो । त्यसैले सबैलाई सुरक्षित हुन तर भयभीत नहुन मेयर खनालको आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार