कोरना नियन्त्रणमा प्रहरीद्वारा नियमित माइकिङ

नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १५:१:१८

१८ चैत, रसुवा । कोभिड १९ नियन्त्रणमा पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले नियमितरूपमा माइकिङ गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम रोग नियन्त्रणम पालना गर्नुपर्ने नीतिका बारेमा नेपाल प्रहरीमार्फत स्थानीय बासिन्दामा जागरण गराउन नियमित माइकिङ गर्ने काम तीव्ररूपमा अगाडि बढाइएको हो ।
स्थानीय बासिन्दाले घरघरमा सुन्ने गरी प्रहरीको मोटर तथा मोटर साइकलबाट माइकिङ गरिएको र लकडाउन रसुवालीले पुर्णरूपमा पालना गरिरहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताएका छन् । जनताको सुरक्षाका लागि टिमुरे, थुमन, थाम्बुचेत, लाङटाङ, स्याफ्रुबेंसी, हाकु, डाँडागाउँ, ग्राङ, कालिकास्थान, बेत्रावती र पारच्याङसमेतका प्रहरीचौकीमार्फत अहोरात्र प्रहरी परिचालन भइरहेको बताइएको छ ।
औषधि छर्कँदै
रोग नियन्त्रणका लागि राजमार्गलगायत मानवबस्तीका गल्लीगल्लीमा समेत कीटनाक औषधि छर्ने काम अगाडि बढिसकेको प्रहरीले जनाएको छ । पहिलो चरणअन्तर्गत सदरमुकाम धुञ्चे क्षेत्रमा कीटनाशक औषधि छर्ने काम सम्पन्न भइसकेको र क्रमिक रूपले जिल्लाभरमै विस्तार गर्ने अठोटका साथ काम अगाडि बढिसकेको बताउँदै प्रहरी प्रमुख सुवेदीले औषधी छर्ने स्प्रे उपकरण रसुवामा उपलब्ध नहुँदा नुवाकोटबाट झिकाइएको जानकारी दिएका छन् ।
चीनसँगको सीमा जोडिएको जिल्ला भए पनि हालसम्म रसुवामा कोरोना भाइरसको लक्षण देखानपरेको चिकित्सकले बताएका छन् । भाइरस रोकथामका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, चिकित्सक,गाउँपालिकालगायत सबै तहका जनप्रतिनिधिसमेतको सहयोग अत्यन्तै राम्रो भएका कारण स्थानीय बासिन्दा लकडाउनको आदेश पुर्णरूपमा पालना गर्दै निर्धक्कसाथ घर घरमा बसिरहेको रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताएका छन् ।
स्थानीय वडा कार्यालयहरूलाई नियमित कीटनाशक औषधि छर्ने व्यवस्था गरिदिन स्थानीय बासिन्दाले माग गरेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि रसुवा जिल्लाले तयार गरेको क्वारेन्टाइन सुविधाजनक भएको जनाइएको छ । मापदण्डअनुरूपको शयय्या,, दाँत माझ्ने ब्रस तथा मञ्जनलगायत क्वारेन्टाइनमा बस्दा चाहिने सम्पूर्ण आधारभूत वस्तु छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार