नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्दै
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १८:३४:४९
१८ चैत, डोटी । कोभिड –१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलब स्केलको २५ प्रतिशत सो भत्ता प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख मञ्जु मलासीले बताएका छन् ।
उनका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य संस्थालाई इन्धन तथा भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णयसमेत गरेको छ । नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्दै स्वास्थ्य समस्या आएमा नजीकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
घरमै बस्न नगरको पत्राचार
नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरवासीलाई आफ्नै घरमा बस्न पत्राचार गर्न थालेको छ । नगरभित्र बसोबास गर्ने नागरिकलाई नगरपालिकाले घरैपिच्छे पत्र काटी सुरक्षित बस्न आग्रहसहित पत्राचार गर्न शुरु गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिएका छन् । नगरपालिकाले आफ्ना सबै वडाका वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समितिसमेत गठन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार