सवारी पासको गाईजात्रा, काठमाडौंका सीडिओ नै सम्पर्कविहीन !
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १९:३६:४
१८ चैत्र, काठमाडौं । आजबाट लकडाउनको दोस्रो इनिङ शुरु भएको छ । सरकारले पहिलो चरणमा हिजोसम्मका लागि नेपाल लकडाउन गरेको थियो । कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन सरकारले दोस्रो चरणको लकडाउन आजबाट चैत २५ गतेसम्मका लागि निरन्तरता दिएको छ । अर्थात जनजीवन उस्तै ।
सर्वसाधारण अझै घरमै बस्नुपर्ने । अनावश्यक मानिसको चहलपहल बजारमा नहोस् भन्ने चाहना यथावत । सबै कुरा उस्तै तर सवारी पासमा भने नयाँपन । सरकारले गतहप्ता जारी गरेको सवारी पास आजबाट अमान्य भनेको छ । कतिपय अत्यावश्यकीय काममा हिंडेकाहरु ट्राफिक प्रहरीको फन्दामा परेका छन् । सञ्चारमाध्यमका लागि जारी गरिएको पाससमेत ट्राफिक प्रहरीले अस्वीकार गरेको छ । यसबाट अत्याबश्यकीय कामका लागि बाहिर निस्केकाहरु अलपत्र परेका छन् ।
अब के गर्नु प¥यो त ? ट्राफिक प्रहरी भन्छन्– नयाँ म्यादसहितको पास चाहियो, अनि मात्र हामी चलाउने अनुमति दिन सक्छौं । ट्राफिक प्रहरीलाई त्यही आदेश थियो, उसले त्यही ग¥यो । तर विचित्रको कुरा के भने सरकारले एक साताका लागि लगाएको लकडाउन एकसाता थपिएपछि सवारी पासको म्याद आफ्से आफ थपिएको बुझ्नु पर्ने होइन ? सामान्यतः बुझ्ने कुरा त्यही हो , तर सवारी पास जारी गर्न अनुमति प्राप्त जिल्ला प्रशासन कार्यालय भने फेरि नयाँ पास जारी गर्न उत्सुक देखिएको छ ।
सरकार भन्छ– धेरै भीडभाडमा नजाअाै, संक्रमणको खतरा हुन्छ । तर स्थानीय प्रशासन भने फेरि भीड बढाएर सवारी पास जारी गर्न चाहन्छ । पहिल्यै जारी भएको पासमा कुनै कैफियत भए जुनसुकै बेला निलम्बन गर्न सक्ने अधिकार छँदैछ । तर किन हो प्रशासक चाहिं अर्काे भीड बढाएर संक्रमणको जोखिम बढाउन चाहन्छन् । सरकारले गरेको लकडाउन भीड घटाउन की बढाउन ?
यस सम्बन्धमा थप बुझन् काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग सम्पर्क गर्दा मोबाइलको स्वीच अफ गरिएको छ । काठमाडौंको सीडियो जस्तो संवेदनशील पदमा बसेका व्यक्तिको सम्पर्क नम्बर बन्द रहनु गैरजिम्मेवारीको नमूना नै हो । यस अगाडि पनि सवारी पास दिने नाममा जिल्ला प्रशासन कार्यालयहरुले अनावश्यक भीड बढाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार