वालिङमा सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार २०:४१:१५
१८ चैत, स्याङ्जा । कुनै पनि संघ संस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण नगर्न वालिङ नगरपालिकाले आग्रह गरेको छ ।
चैत १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बस आपूर्ति ब्यवस्थापनलाई सहज बनाउने बैठकले गरेको निर्णयलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने गृह मन्त्रालयको परिपत्र अनुसार कुनैपनि निकाय÷संघ÷संंस्था÷ब्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने निर्णय भएकाले सोही अनुसार गर्नुहुन वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले अनुरोध गरेका छन् ।
“गृह मन्त्रालयको परिपत्र अनुसार कसैले पनि सहायताको नाममा चन्दा उठाउन वा आँफूखुसी सहायता वितरण गर्न पाउने छैनन्” नगर प्रमुख खाँणले भने, “एकद्वार प्रणालीबाट सहायता गर्दा राम्रो हुने र समान पहुँच पुग्ने भएकाले वितरणमा दोहोरोपनाको समस्या हुन पाउँदैन ।”
गृहमन्त्रालयको परिपत्र अनुसार स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गरिने नगर प्रमुख खाँणले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार