कोरोना कोषलाई पूर्वराजा ज्ञानेन्द्रले दिए २ करोड
नेपालबहस संवाददाता
चैत १८, २०७६ बुधबार ४:३९:४०
१८ चैत्र, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण बिरुद्ध खर्च गर्न सरकारद्वारा स्थापित कोषमा दुई करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
आज साँझ पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको सन्देशमा यस्तो घोषणा गरिएको हो । पूर्वयुवराज्ञी हिमानी शाहका नाममा स्थापित हिमानी ट्रष्टमार्फत उक्त रकम उपलव्ध गराइने जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका हुन् ।
जारी सन्देशमा भनिएको छ– आपतविपतको घडीमा सबैका साथमा साथ दिंदै हाम्रो तर्फबाट हिमानी ट्रष्टमार्फत दुई करोड रुपैयाँ दिई नेपाल सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण र उपचार कोषमा दाखिला गर्न उपलव्ध गराएका छौं । आफ्नो सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् – जारी राहत र उद्धारलाई अझै व्यवस्थित बनाउन सकियो भने थप प्रभावकारी हुने छ ।
अहिलको परिस्थितिमा कोरोना भाइरसबिरुद्धको लडाईं जित्न लकडाउनको विकल्प नभएको भन्दै पूर्वराजाले यसको इमान्दारिताका साथ पालना गर्न सबैलाई अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
जेठ ९, २०८१ बुधबार
एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै
जेठ ९, २०८१ बुधबार
हिमालमा जलवायुले पारेको असर न्यूनीकरणमा चासो
जेठ ९, २०८१ बुधबार
डिभी परेर अमेरिका जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् सपना पुरा
जेठ ९, २०८१ बुधबार
सिक्लेस गाउँ पर्यटकको रोजाइमा
जेठ ९, २०८१ बुधबार
पार्टीको आगामी रणनीति तय गर्न सानेपामा सुरु भयो कांग्रेसको संयुक्त बैठक
जेठ ९, २०८१ बुधबार