सप्तरीबासीको लकडाउनलाई पूर्ण सहयोग र समर्थन, बजार सुनसान
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार ६:१:३९
♦ धीरुभाइ
१८ चैत, राजविराज । कोरोना भाइरससँग जित्नका लागि नेपाल सरकारले चैत्र ११ गते मंगलबारदेखि गरेको लकडाउनको सप्तरीबासीले पूर्ण समर्थनसहित सहयोग गरेर पालन गरेका छन् ।
लकडाउन गरिएको बारेमा स्थानीय प्रशासन तथा स्थानीय तहले १० गते सोमबार राती अबेरदेखि नै म्याइकिङ्ग गरेर सर्वसाधारणलाई जानकारीसहित चेतनामूलक सन्देश प्रवाह गरेका थिए । सरकारले अघिल्लो हप्ता नै एकसाताको लकडाउनको निर्णय गरेलगतै जिल्ला स्तरीय विपद व्यवस्थापन समन्वय समिति, स्थानीय तह स्तरीय विपद् समितिहरु सक्रियतासाथ जानकारी गराउन सक्रिय भएका थिए ।
लकडाउनको दोस्रो सातासम्म सप्तरीका मुख्य राजविराज नगर, हनुमाननगर, भारदह, कञ्चनपुर, फत्तेपुर, रुपनी, महुली, कल्याणपुर, बरसाइन, पातो, छिन्नमस्ता, कुशहा, कदमहा, लगायतका बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् ।शहरी क्षेत्रसँगै ग्रामिण बस्तीका मानिसहरु पनि घरभित्रै बसेको स्थानीयबासी जितेन्द्र यादवले जानकारी दिए ।
बजारका पसल, कलकारखाना, उद्योगधन्दा, निर्माण कार्यसमेत बन्द रहेको छ । होटेल, मोटेल, रिर्सोट, मदिरा पसल, रेस्टुरेन्ट बन्द छन । त्यस्तै सबैखाले यातायातका सवारी साधनहरु बन्द रहेको पाइन्छ । घर बाहिर मानिसको चहलपहल नहुँदा बजार सुनसान छ । सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरु समेत बन्द छन ।
लकडाउनको पहिलो साता बिहान केहीबेर छिटफुट रुपमा मानिस र दुई पाङग्रे सवारी मोटरसाइकल चल्न थालेपछि स्थानीय प्रशासनले रोक्न थालेपछि पूर्ण रुपमा बन्द भएको छ भने अति आवश्य सवारी साधनलाई चल्न दिएको प्रहरीले बताइएकोे छ ।
जिल्लाका स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्र अन्तर्गतका बजार र ग्रामिण बस्तीमा प्रहरीको सहयोगमा मानिसहरुलाई घर बाहिर निस्कन नदिएको बताइएको छ । सामाजिक स्तरको पञ्चायती र मेलमिलाप सम्वन्धी कार्य, तथा भोजभतेर समेत बन्द रहेको छ । स्थानीय स्तरमा लाग्ने साप्ताहिक हाटबजार पनि बन्द गरिएको छ ।
लकडाउनमा कुनै किसिमको अप्रिय घटना हुन नदिन तथा यसको पालना गराउन सुरक्षा व्यवस्था कडाइ गरिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । सुरक्षाका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको उनले जानकारी दिए ।
कोरोना भाइरसलाई जित्ने उपाय लकडाउन नै उत्तम विकल्प भएकोले यस अवधीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्केर घरमै स्वयम् क्वारेन्टाइनमा बसेर सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्नु भएको जानकारहरु बताउँछन । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन बेलामा आत्तिनुभन्दा धैर्यतासाथ घरमै बसेर सहयोग गरेमा सफलता प्राप्त हुने स्वास्थ्यकर्मी रघुनन्दन यादवले बताए ।
दुई व्यक्तिमा उच्च ज्वरो
यता सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका र सुरुङ्गा नगरपालिकामा एक-एक जनामा उच्च ज्वरो तथा टाउको दुख्ने समस्या देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । सुरुङ्गाका व्यक्तिलाई नगर प्रमुख मुक्तिनाथ चौधरीले उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल पठाएको उनले जानकारी दिदै हनुमाननगरका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने सल्लाह भएकोले खोजी भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार