भ्रष्टाचारको यो रुप- सात कराेड खरानी
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १६:५:४
१९ चैत्र काठमाडौं । कोरोना सन्त्रासको चरम अवस्था बनाएर सरकारी पदाधिकारीहरुले चीनबाट खरिद गरेको ¥यापडि टेष्टिङ कीट कामै नलाग्ने पाइएको छ । बजार मूल्यभन्दा दशाैं गुणा बढी दररेटमा ल्याइएका सामान गुणस्तरहीन भएको भन्दै आलोचना भइरहेका बेला ¥यापिट टेष्टिङ कीट विश्व स्वास्थ संगठनले समेत मान्यता नदिएको रहेको खुलेको छ ।
दुई महिनाअघि नै कोरोनाको संभावित संक्रमणको आंकलन गरिसक्दा समेत स्वास्थ्य मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरेको थिएन । संक्रमणको त्राश बढेपछि क्रृत्रिम रुपमा अभाव खडा गरेर सरकारले कोरोना संक्रमणका लागि आवश्यक स्वास्थ्इ सामग्री खरिद गर्ने प्रकृया अगाडि बढाएको हो । गएको आइतबार चीनको गोन्झाओबाट ल्याइएका स्वास्थ्य सामग्री सेटिङमा ल्याइएको भन्दै मूलधारका सञ्चारमाध्यमले सप्रमाण समाचार सम्प्रेषण गरेका छन् ।
भ्रष्टाचार गर्दा पनि गुणस्तरीय सामान ल्याएको भए कमसेकम सर्वसाधारणको स्वास्थ्यमा खेलबाड हुने थिएन भन्दै बानियाँले संसारबाट अस्वीकृत भएको ¥यापिड टेष्टिङ किट ल्याइएनु गम्भीर अपराध भएको बताए ।
तर स्वास्थ्यका पदाधिकारी भने जबर्जस्ती अभावको नाममा बाध्य भएर खरिद गरिएको स्पष्टीकरण दिइरहेका छन् । यसबारे प्रधानमन्त्रीले समेत कुनै चासो देखाएका छैनन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत मन्त्रालयका सचिव र स्वास्थ्य विभागका महानिर्देशकले गरेकाे बचाउ हास्याँस्पद देखिएका छन् । चरम अभावको अवस्था देखाएर नै भ्रष्टाचारजन्य कार्य गरेको देखिन्छ – राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव ज्योति बानियाँले भने । भ्रष्टाचार गर्दा पनि गुणस्तरीय सामान ल्याएको भए कमसेकम सर्वसाधारणको स्वास्थ्यमा खेलबाड हुने थिएन भन्दै बानियाँले संसारबाट अस्वीकृत भएको ¥यापिड टेष्टिङ किट ल्याइएनु गम्भीर अपराध भएको बताए ।
चीनबाट ल्याइएको उक्त ¥यापिड टेष्टिङ किटले सही परीक्षण नगरेको भन्दै स्पेनले फिर्ता गरिसकेको छ । साथै विश्व स्वास्थ संगठनले समेत यसलाई आधिकारिकताको प्रमाणपत्र दिएको छैन । तर धेरै कमिशन पाउने लोभमा स्वास्थ्यका पदाधिकारीले भने यही किट ल्याएका छन् । यस सम्वन्धमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देवकोटाले भने आफू अनभिज्ञ रहेको बताएका छन् ।
सरकारले करिब सात करोड रुपियाँ खर्च गरेर ७५ हजार किट चीनबाट खरिद गरेको छ । सो किटले सामान्यतः परीक्षण गरेको १० देखि १५ मिनेटमै पत्ता लगाउँछ, तर त्यसको आधिकारिकता भने हुँदैन । त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता नदिएको हो ।
जबकी स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. महेन्द्रमान श्रेष्ठले भने व्यापक रुपमा परीक्षण गर्नका लागि उक्त किट मगाइएको दावी गरेका छन् । उक्त किटबाट परीक्षण गर्दा सही परिणाम नआउने जानकारी हुँदासमेत किन ल्याइएको भन्दा डा. श्रेष्ठले व्यापक रुपमा परीक्षण गर्न आवश्यक हुँदा मात्र यसको प्रयोग हुने दावी गरे ।
रमाइलो चाहिं के छ भने व्यापक रुपमा परीक्षण गर्दा सही रिजल्ट आएन भने त्यसले संक्रमण अझै फैलाउन सक्ने संभावनालाई भने सरकारी पदाधिकारीले पूरै नजरअन्दाज गरेको पाइन्छ । सरकारले करिब सात करोड रुपियाँ खर्च गरेर ७५ हजार किट चीनबाट खरिद गरेको छ । सो किटले सामान्यतः परीक्षण गरेको १० देखि १५ मिनेटमै पत्ता लगाउँछ, तर त्यसको आधिकारिकता भने हुँदैन । त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता नदिएको हो ।
यही किटको भरपर्दा स्पेनमा नेगेटिभ देखाएका मानिस समुदायमा गएर संक्रमण फैलाएको आरोप लाग्दै आएको छ ।यसबारे स्वास्थ्य मन्त्रालयले सरोकारवालाहरुसँग एकपटक छलफल नै नगरी कमिशन पाउने लोभमा खरिद गरेको भन्दै उपभोक्ता मञ्चका महासचिव बानियाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल आफ्नो नोटिसमा लिनुपर्ने बताए । यसबारे सबैतिरबाट प्रश्न उठेपछि हाललाई उक्त किट प्रयोगमा नल्याउने जानकारी मन्त्रालयका प्रवक्ता डा. देवकोटाले दिएका छन् ।
प्रयोगशालाका एकजना चिकित्सक भन्छन्– हाम्रो सिफारिश बिना किन त्यत्रो किट ल्याइयो थाहा भएन, यसबारे मन्त्री र महानिर्देशकलाई नै थाहा होला ।स्रोतका अनुसार सरकारले भोलि र आइतबार गरी पुन दुईपटक स्वास्थ्य सामग्री ल्याउन नेपाली बिमान चीन पठाउँदै छ ।सोही बिमान थप विवादस्पद किट समेत ल्याइने तयारी भइरहेको छ ।
तर विभागका महानिर्देशक श्रेष्ठ भने भोलि मास टेस्टिङ गर्नुपर्दा यसको प्रयोग हुनसक्ने बताउँछन् । धेरैलाई एकैपटक परीक्षण गर्नुपर्ने अवस्था आयो भने चाहिं हामी यसको प्रयोग गर्छाैं – श्रेष्ठले बताएका छन् । जब यसको आधिकारिता नै शंकास्पद हुन्छ भने किन परीक्षण गर्ने त ? भन्ने प्रश्नमा उनले जवाफ दिएनन् । तर उनले प्रयोग गर्दा कुनै समस्या आयो भने आपूर्तिकर्ताले फिर्ता गर्ने दावी गरेका छन् ।
राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले समेत उक्त किट ल्याउन सिफारिश गरेको थिएन । प्रयोगशालाका एकजना चिकित्सक भन्छन्– हाम्रो सिफारिश बिना किन त्यत्रो किट ल्याइयो थाहा भएन, यसबारे मन्त्री र महानिर्देशकलाई नै थाहा होला ।स्रोतका अनुसार सरकारले भोलि र आइतबार गरी पुन दुईपटक स्वास्थ्य सामग्री ल्याउन नेपाली बिमान चीन पठाउँदै छ ।सोही बिमान थप विवादस्पद किट समेत ल्याइने तयारी भइरहेको छ ।
यसबाट के देखिन्छ भने स्वास्थ्य मन्त्रालयका पदाधिकारी जनस्तरबाट जस्तोसुकै आवाज उठेपनि संवोधन गर्न तयार छैन । काग कराउँदै छ , पिना सुक्दै छ भने जस्तो व्यावहार देखियो – बानियाँ भन्छन् । देशमा कोरोना विरुद्ध लड्ने स्वास्थ सामग्रीको चरम अभाव देखाएर यसरी खुलेआम भ्रष्टाचार हुँदासमेत सरोकारवाला निकायले बेवास्ता गर्नु आफैमा बिडम्बनाको विषय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार