सक्रिय हुँदै जनप्रतिनिधि, सङ्क्रमण नियन्त्रणका लागि गाउँगाउँमा सचेतना कार्यक्रम
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १७:४०:४०
१९ चैत, पश्चिम नवलपरासी । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) अहिले गाउँगाउँमा पुगेर सचेतना जगाउन सक्रिय छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आफ्नो गाउँपालिकावासीलाई सचेत बनाउन अध्यक्ष गुप्ताले सचेतना अभियान नै थाएका छन् ।
स्वास्थ्यभन्दा ठूलो केही नभएकोले लकडाउनको पालना गर्न र कोरोनाको जोखिमबाट बच्ने उपायको बारेमा पालिकावासीलाई सचेतना जगाउन आफू लागिपरेको अध्यक्ष गुप्ताले बताएका छन् । “हाम्रो गाउँपालिकामा छ वडा र ४२ गाउँ छन्, सकेसम्म सबै गाउँमा पुगेर नागरिकलाई सचेत गराइरहेको छु”, उनले भने ।
“कोरोनाको जोखिमबाट बच्न घरभित्रै सुरक्षित बस्नु उत्तम उपाय हो”, पाल्हीनन्दन–१ शङ्कपुरमा स्थानीयवासीलाई सचेत गराउँदै उनले भने, “बेलाबेलामा साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, गाउँमा एकै ठाउँमा भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने गर्नुहोस्, अहिले आफ्नो ज्यान जोगाउनु नै ठूलो कुरा हो ।”
उनले भारत तथा अन्य देशबाट रोजगारी फर्किएका व्यक्तिका बारेमा सूचना दिन पनि गाउँगाउँका नागरिकलाई अनुरोध गरेका छन् । “अहिले विदेशबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेकाले गाउँमा आउने व्यक्तिलाई निगरानीमा राख्ने, उनीहरुमा रुघाखोकी तथा ज्वरोको लक्षण देखिएमा गाउँपालिका, प्रहरी, प्रशासन वा नजिकको स्वास्थ्य संस्थामा खबर गरिदिनुहोला”, उनले स्थानियवासीलाई सम्झाउँदै भने।
गाउँपालिकाले पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित सुविधासम्पन्न भवनमा १० श्ययाको क्वारेन्टाइन निमार्ण गरेको छ । नयाँ भवनमा सबै कोठाहरु खाली नै रहेकाले आवश्यक परेमा श्यया थप गर्दै जान सकिने उनले बताएका छन् । गाउँपालिकाले सीमाक्षेत्र महेशपुरमा फागुनदेखि नै हेल्थ डेस्क पनि सञ्चालन गर्दै आएको छ ।
गाउँगाउँमा पुगेर सचेतना फैलाउने क्रममा लकडाउनका कारण दैनिक गुजारा चलाउन हम्मे परेका व्यक्तिलाई पनि अध्यक्ष गुप्ताले भेटेर राहतको व्यवस्था गर्न लागिएको बताएका छन् । दैनिक जीवनयापनमा कठिनाइ भए आफ्नो वडाका जनप्रतिनिधि वा वडा कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । वडाबाट सबैको तथ्याङ्क आएपछि गाउँपालिकाले राहतको व्यवस्था गर्ने अध्यक्ष गुप्ताले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार