कोरोना नियन्त्रणमा खटेका नागरिकलाई केरा व्यवसायी चौधरीले बाडे २५० दर्जन केरा
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १८:५:५४
१९ चैत, कैलाली । टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन् । चौधरीले मङ्गलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरेका छन् ।
उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण गरेको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ‘‘यस्तो विपत्तिको समयमा मेरो पनि केही दायित्व हुन्छ भन्ने ठानेर क्वारेन्टाइमा बस्ने नागरिकका लागि दैनिक आवश्यक केरा उपलब्ध गराउन थालेको हुँ ।’’ चौधरीले भने, ‘‘दिनभरि कार्यक्षेत्रमा खटेका नागरिक र क्वारेन्टाइमा बसेकालाई विषादी प्रयोग नगरिएका केरा वितरण गर्न थालेको छु ।’’
नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइमा हाल ३३ नेपाली छन् । नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोगी चौधरीलाई धन्यवाद दिएका छन् । ‘‘चौधरी जस्ता मनकारीहरुले सहयोग पनि गर्न थालेका छन् । क्वारेन्टाइमा बसेकाका लागि हामीले मञ्जन, साबुनदेखि खानासम्म आवश्यक सबै प्रबन्ध मिलाएका छौ ।’’
क्वारेन्टाइमा बस्ने नागरिकको नगरपालिकाले दैनिक दुई पटक स्वास्थ्य परीक्षण गर्ने गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले जानकारी दिएका छन् । ‘‘कहिलेकाहीँ विशेषज्ञ चिकित्सकको सेवासमेत दिने गरेका छौँ तर अहिलेसम्म कोही नागरिकमा कोभिड–१९ को संक्रमणका कुनै लक्षण देखिएका छैनन् ।’’
विदेशबाट फर्किएकाको घरमा रातो झण्डा
सरकारले हालै विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम कार्यान्वयनका लागि जानकी गाउंँपालिका–९ ले आफ्नो वडामा हालै भारत तथा विदेशबाट आएकाको घरमा रातो झण्डा लगाएको छ । वडाले वडामा भारत तथा विदेशबाट आएका ३० घरमा रातो झण्डा लगाएको हो ।
विदेशबाट आएका घरमा, टोलछिमेकका अन्य व्यक्तिहरुको सम्पर्क हुन नदिन यो उपाय राम्रो रहेको स्थानीयवासी पदम परियारले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार