भ्रष्टाचारी मन्त्री राजीनामा दे !
इन्द्र रिजाल
चैत १९, २०७६ बुधबार २०:१:२६
सम्पादकीय
१९ चैत्र, काठमाडौं । मुलुक जब जब संकटमा पर्छ, जनता एकजुट हुन्छन् । हाम्रा पुस्ताले नै दुईदुई पटक यस्तो निर्मम अवस्था बेहोरिसक्यो । एउटा ०७२ को महाभूकम्प अनि दोस्रो अहिलेको कोरोना कहर । संकटका बेला एक भएर सामना गर्नैपर्छ, त्यो नेपालीको पुरानै पहिचान हो ।
यद्यपि अहिले कोरोना भाइरसको चपेटामा सिंगो विश्व फसेको छ । त्यसैले विश्व नै कोरोना भाइरसविरुद्ध एकताबद्ध ढंगले सामना गरिरहेको छ । भाइरसले न चिनियाँलाई माया ग¥यो, न इटालियनलाई । न त अमेरिकीसँग त्यो भाइरस डराएको छ, बरु अमेरिकन नै अहिले त्राहीमामको अवस्थामा पुगेका छन् । नेपाल त्यसैपनि कमजोर अनि निरीह । तर यही डरका बीच नेपाली नेताहरु भने गज्जबको चक्रव्यूह रच्न सक्ने भएका छन् ।
पहिल्यै सेटिङ मिलाएकोले सबै कुरा फटाफट भए । यति गर्दा पनि संकटका बेला लौ न त अलि बढी पैसा तिर्न प¥यो होला भनेर चित्त बुझाउन सकिन्थ्यो । तर विश्व स्वास्थ्य संगठनले नै मान्यता नदिएको बेकामे परीक्षण किट ल्याइयो । त्यसमा सर्वत्रबाट प्रश्न उठे ।
राजनीतिक नेतृत्वमा रहेको वर्गले कोरोना संक्रमणलाई कमाउने मौका बनायो । कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य उपकरणको चरम अभाव सिर्जना गरेर महंगोमा किन्ने वातावरण बनायो । संकटका नाममा जे पनि गर्न छुट हुन्छ भन्ने मानसिकता देखियो स्वास्थ्यका पदाधिकारीमा । समयमै सबै काम गरेको भए न भ्रष्टाचारको आरोप नै खेप्नुपथ्र्याे , न कमसल सामान आउँथे ।
सरकारले विगतमा कहिल्यै स्वास्थ्य उपकरणको काम नगरेको एउटा सप्लायर्सलाई चीनबाट औषधि र उपकरण ल्याउने ठेक्का दियो । त्यो पनि २४ घण्टे म्याद दिएर । वर्षाै यही क्षेत्रमा काम गर्ने सप्लायर्सले समेत यति छोटो अवधिमा ल्याउन नसक्ने सामान कसरी आयो ? आफैंमा शंकास्पद छ । अझ बजार मूल्यभन्दा चार पाँच गुणा बढी दररेटमा । स्वभाविक छ, पहिल्यै सेटिङ मिलाएकोले सबै कुरा फटाफट भए । यति गर्दा पनि संकटका बेला लौ न त अलि बढी पैसा तिर्न प¥यो होला भनेर चित्त बुझाउन सकिन्थ्यो । तर विश्व स्वास्थ्य संगठनले नै मान्यता नदिएको बेकामे परीक्षण किट ल्याइयो । त्यसमा सर्वत्रबाट प्रश्न उठे ।
तर स्वास्थ्यका पदाधिकारी आफ्नै लिंढे ढिपीमा छन् । मानी लिउँ संकटका बेला उनीहरुले देश र जनताका लागि ठूलै गुण लगाए । उल्टो संकटका बेलासमेत सञ्चारमाध्यमले असहयोग गरेको आरोप उनीहरु नै लगाउँदै छन् । स्वास्थ्यका पदाधिकारीले गरेका जस्तासुकै बदमासीलाई नेपाली जनताले आँखा चिम्लिदिनुपर्ने उनीहरुको अपेक्षा देखिन्छ ।
लोकतन्त्रमा यस्तो कीमार्थ हुन सक्दैन । हिजो राजनीतिक दलका नेतालाई जनताले साथ नदिंदा पत्रकार नै निरंकुशता विरुद्ध सडकमा ओर्लिएको वास्तविकता बिर्सिहाल्ने अवस्था आइसकेको छैन । यसरी लुट मच्चाउने छुट दिनका लागि वा मूकदर्शक हुनका लागि पत्रकार सडकमा ओर्लिएका होइनन् । त्यसैले पत्रकारले सत्यको पक्षमा निडर भएर कलम चलाउँछन्, खबरदारी गर्छन्, हेक्का रहोस् ।
नेपालमा अहिलेसम्म साम्यवाद आएको छैन भन्ने पनि मन्त्री ढकाललगायतले स्मरण गरुन् । वाइडबडी,बालुवाटारको जग्गा वा सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण जस्तै अर्काे काण्ड रचिएको छ । तर पत्रकारको कलम रोकिन्न । खबरदार यस्ता काण्डको भण्डाफोर हुने छ, गरिने छ । यस्ता भ्रष्ट मन्त्रीको बचाउ गर्ने केपी ओली र नेकपा पनि दोषी हो । भ्रष्ट मन्त्रीलाई तत्काल हटाउ ।
दुई महिना अगाडि नै पहिलो केस फेला परेको थियो कोरोनाको नेपालमा । चीनको बुहानबाट आएका एक नेपाली विद्यार्थीमा माघ महिनामा नै कोरोना संक्रमण फेला परिसकेको थियो । विस्तारै युरोपमा कोरोना संक्रमणले तहल्का मच्चाएपछि नेपालका नेता र प्रशासकहरुलाई पनि यसको भनक लागिसकेको थियो । तर उनीहरुले यो संकटलाई कमाउने अवसरका रुपमा प्रयोग गर्न चाहे । त्यसैले गएको दुई महिना कानमा तेल हालेर बसे उनीहरु । खासगरी स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने मन्त्री भानुभक्त ढकाल र मन्त्रालयका पदाधिकारी ।
हाक्काहाक्की भ्रष्ट्राचार भएको सप्रमाण फेला पर्दासमेत पत्रकार चूप लागेर बस्नुपर्ने बढो गज्जबको सोच देखिन्छ स्वास्थ्य पदाधिकारीको । विश्व स्वास्थ्य संगठनले भरपर्दाे छैन भन्दा भन्दै ल्याइएको ¥यापिट टेष्टिङ किट के का लागि ? यसको चित्तबुझ्दो जवाफ न त मन्त्रीले दिएका छन् न स्वास्थ्य मन्त्रालयका पदाधिकारीले नै । यो वर्ग त अब कसैलाई जवाफै दिन नपर्ने ठान्दै छ ।
तर नेपाली सञ्चारमाध्यम त्यो गुन लगाउने र छुट दिने पक्षमा अब छैन भन्ने हेक्का राखियोस् । कम्युनिष्ट पार्टीको सरकार भएपनि नेपालमा अहिलेसम्म साम्यवाद आएको छैन भन्ने पनि मन्त्री ढकाललगायतले स्मरण गरुन् । वाइडबडी,बालुवाटारको जग्गा वा सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण जस्तै अर्काे काण्ड रचिएको छ । तर पत्रकारको कलम रोकिन्न । खबरदार यस्ता काण्डको भण्डाफोर हुने छ, गरिने छ । यस्ता भ्रष्ट मन्त्रीको बचाउ गर्ने केपी ओली र नेकपा पनि दोषी हो । भ्रष्ट मन्त्रीलाई तत्काल हटाउ । या त आफै सरकारको नेतृत्वबाट हट ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार