चिकित्सकमा तर्सने रोगः बिरामी र स्थानीयवासीमा मानसिक तनाव
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २०:६:३२
१९ चैत, झापा । कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ । कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका बिरामी देख्दा समेत तर्सिने गरेपछि सर्वसाधारण चिन्तित भएको स्थानीयवासी बताउँछन् ।
जोखिम मोलेर सेवा दिँदै गरेको बताउने औषधि व्यवसायीले मौसम परिवर्तनसँगै मानिसमा देखिने सामान्य ज्वरो, रुघाखोकी, झाडापखालालगायत बिरामी आउँदासमेत प्राथमिक उपचारका साथमा कुनै किसिमका औषधिसमेत दिन नसक्दा सामान्य समस्याका लागि पनि ठूलै स्वास्थ्य अस्पताल धाउनुपरेको स्थानीयवासी दुर्गा चापागाईँले गुनासो गरे ।
झापाको बिएण्डसी अस्पताल बिर्तामोडका साथै ओमसाई भद्रपुरमा समेत बिरामीको सेवा दिँदै आउनुभएका डा ज्ञानदेव ठाकुर आफ्नो नियमित सेवामा कनकाईस्थित प्रधान मेडिसिन सेन्टरमा गएका बेला चापागाईँ आफ्नो छोरा लक्ष्मीप्रसादको स्वास्थ्य परीक्षण गर्न जानाए । पिसाबमा इन्फेक्सनको समस्याका कारण केही अस्वस्थ भएपछि प्राथमिक चरणको उपचार गर्न पिसाब र रगत जाँच गर्नका लागि आइतबार बिहानैदेखि चापागाईँ प्रधान मेडिसिन सेन्टरको सम्पर्कमा रहेका थिए । सेन्टरका सञ्चालक सुरेन्द्र प्रधानले प्रयोगशालामा काम गर्ने स्टाफ बिदामा रहेकाले हाललाई आफ्नो सेवा बन्द भएको जानकारी दिएका छन् ।
विभिन्न रोगका विशेषज्ञ चिकित्सकको सेवा सञ्चालनमा रहेको प्रचारबाजी गर्दै आएका यस क्षेत्रका केही औषधि पसलमा दैनिक सेवामा आएका चिकित्सकले वर्तमान अवस्थामा सामान्य अवस्थाका विरामीलाई समेत नहेरेपछि स्थानीयवासी प्राथमिक उपचारबाटै वञ्चित बनेका हुन् । मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका औषधि पसलमा आउने दैनिक सेवाका चिकित्सकले बिरामी हेर्न नमानेपछि तत्कालको अवस्थामा सेवाग्राही संकटमा परेका छन् ।
विपत् व्यवस्थापन कोषवाट राहत
कनकाई नगरपालिकाले कोरोना भाइरसको न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका समयमा विपन्न परिवारलाई अत्यावश्यक सामग्री जुटाउने उद्देश्यले स्थापना गरेको रु ३५ लाखको विपत् व्यवस्थापन कोषबाट राहत सामग्री वितरण गर्ने भएको छ ।
कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा रहेका अतिविपन्न परिवारको पहिचान गरी १० देखि १५ दिनसम्म पुग्ने खाद्य सामग्री वितरण गरिने जनाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले ४० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरी शंकास्पद व्यक्तिलाई संरक्षण दिइरहेको छ । यसरी संरक्षणमा रहेका व्यक्तिलाई निःशुल्क रुपमा स्वास्थ्यकर्मीको रेखदेखमा खाने, बस्ने, शौचालयका साथै वाईफाईसमेत व्यवस्था गरिएको बताइएको छ । वर्तमान परिस्थितिमा लकडाउन पालना गर्न प्रमुख पोखरेलले सम्पूर्ण नगरवासीलाई अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार