व्यावसायिक धर्म पालना नगर्ने स्वास्थ्य संस्थामाथि कारवाहीको निर्देशन
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २२:४३:२८
१९ चैत, काठमाडौं । प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायिक धर्म, काम, कर्तव्य र दायित्व निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ होमलाई तत्काल अनुसन्धान र कारवाहीको दायरामा ल्याउन प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ ।
सो मन्त्रालयका सचिव कृष्णहरि, पुष्करद्वारा प्रदेशअन्तर्गतका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मङ्गलवार पत्राचार गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएको हो । केही स्वास्थ्य संस्थाले बिरामीलाई आधारभूत सेवा नदिएको, मानबोचित व्यवहार नगरेको, सामान्य जाँच नगरी फर्काउने गरेको जस्ता गुनासाहरु आइरहेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सो पत्रमा उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारीले आक्रान्त बनाएको यो विषम परिस्थितिमा यस्ता अमानवीय घटना भइरहँदा राज्य मुकदर्शक भएर नबस्ने उल्लेख गरिएको छ । सो पत्रमार्फत त्यस्ता संस्थाको दर्ता खारेजीदेखि लिएर यस महामारी र लकडाउनको अवधिभर अर्को व्यवस्था नहुञ्जेलसम्म नियन्त्रणमा लिई त्यस्ता अस्पताल र नर्सिङ होममा स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न, गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको हो ।
यसका साथै त्यस्ता अस्पताल र होममाथि जिल्लास्तरबाट कारवाहीको प्रक्रिया अगाडि बढाइ माथिल्लो निकायमा कारवाहीका लागि सिफारिस गर्नसमेत निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार