गण्डकी प्रदेशद्धारा आपत्कालीन कोषमा ६३ लाख जम्मा
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २२:५३:२१
१९ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्ले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन कोषमा विभिन्न सङ्संस्थाले हालसम्म करीब रु ६३ लाख जम्मा गरेका छन् । वित्तीय संस्था, एनप्याब्सन, युवा क्लब, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति, निजामती कर्मचारी संगठन, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु ६२ लाख ५६ हजार ७ सय ५२ कोषमा जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिएका छन् ।
कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु १५ करोडको कोष स्थापना गर्ने र त्यसमा प्रदेश मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय भई कोषका लागि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायीलगायतलाई आग्रह गरिएको थियो ।
प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपत्कालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्रीले सबैमा अपिल गर्नुभएको छ । कोषबाट कोरोना नियन्त्रणका लागि खर्च गर्ने काम पनि भइरहेको थाहा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सहकारी ठगी मुद्दामा निलम्बित सांसद रवि लामिछानेको आज बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार