कोभिड –१९ नियन्त्रण र रोकथामका लागि चीनद्धारा रसुवालाई सहयोग
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार २३:५:४७
१९ चैत, काठमाडौं । कोभिड –१९ नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग नियन्त्रणमा प्रयोग हुने १५ प्रकारका सामग्री जिल्लालाई प्रदान गरेको हो ।
ती सामग्रीमा पिपिई एक सय, डिस्पोजेवल गाउन एक सय, आई प्रोटेक्सन गगल्स एक सय, डिस्पोजेवल हेड कभर दुई सय, एन ९८ मास्क चार सय, डिस्पोजेवल मास्क एक हजार, स्यानिटाइजर ८०, इन्फारेट थर्मोमिटर चौध, सर्जिकल ग्लोव (पञ्जा) आठ सय, स्किन अल्कोहल स्प्रे पचास वटा छन् ।
यस्तै डिसइन्फेक्एयन्ट लिक्विड ५०० मिलिलिटरको साठी, दुई दशमलव पाँच लिको दश बोतल र २५ केजीको दुई व्याग, स्प्रे चार बोतल एवं ७५ प्रतिशत मेडिएल अल्कोहल ५०० मिलिलिटरको पाँच बोतल रहेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भटृराईले जानकारी दिएका छन् । चिकित्सा सामग्री नेपालको उत्तरी नाका रसुवागढीको मितेरीपुलबाट चीनको स्वशासित क्षेत्र तिब्बत, जिलोङ काउण्टी (केरूङ क्षेत्र हेर्ने प्रशासन) ले प्रजिअ भण्डारीलाई हस्तान्तरण गरेको बताइएको छ । जिल्लालाई प्राप्त ती सामग्री रसुवामा निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्षमा राखिएको छ ।
यसै गरी कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउन रसुवाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले पनि व्यक्तिगत रूपले जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री सहयोग गर्नु भएको छ । सांसद आचार्यबाट प्राप्त सामग्रीमा पिपिई ३५ थान, डिस्पोजेवल मास्क पाँच हजार, सर्जिकल ग्लोब अर्थात् पञ्जा तीन सय पचास एवं स्यानिटाइजर १४ वटा रहेको सहायक प्रजिअ भटृराईले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार