कर्णालीमा भित्रिए विदेशबाट आठ हजार व्यक्ति
नेपालबहस संवाददाता
चैत १९, २०७६ बिहिबार ०:११:५१
१९ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कर्णालीमा आठ हजार ६५० नागरिक विदेशबाट भित्रिएका तथ्याङ्क निकालेको छ । प्रदेश सरकारको यही चैत्र ७ गते बसेको प्रदेश विपद् परिषद्को बैठकद्वारा कर्णालीबासीलाई १० दिनभित्र आईपुग्न गरेको आह्वानपश्चात विदेशबाट यहाँ भित्रिने आठ हजार ६५० नागरिकको तथ्याङ्क सङ्कलन भएको हो ।
मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ । कर्णालीमा भारतबाट भित्रिने नागरिक बढी रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन् । कामको सिलसिलामा भारत गएका नागरिकको फर्कने सङ्ख्यालाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुलामञ्चमा ४०० निगरानी कक्ष बनाइएको र हाल त्यसमा १९२ व्यक्तिलाई राखिएको उनले बताएका छन् ।
यहाँका १० वटै जिल्लागरी ५२५ व्यक्तिलाई क्वारेन्टाइन र एकजनालाई आइसोलेसनमा राखिएको तर कोरोना सङ्क्रमित कोही नभएको उनको भनाइ छ । मन्त्री रावलले भने, “अहिले भने प्रदेश सरकारले यहाँका ७९ स्थानीय तह र प्रदेश सरकार गरेर दुई हजार ५२८ क्वारेन्टाइन, ३३९ आईसोलेसन, १७ आईसियु र सात भेन्टिलेटर स्थापना गरेको छ ।”
नागरिकको स्वास्थ्य उपचारार्थ ज्यान जोखिममा राखेर काममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिई, गाउँन, आईआर थर्मोमिटर, पञ्जा, ग्लोब, सर्जिकल एवं एन–९५ मास्कसमेत यहाँका सबै जिल्लामा पु¥याइ सकिएको उनले बताएका छन् । उनका अनुसार भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिक गाउँ केन्द्रीत भएपछि प्रदेश सरकार जिल्ला अनुगमन तथा कार्यान्वयन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीय तहसँग समन्वय गर्न थालेको छ ।
दशै जिल्लाका प्रजिअबाटै स्थानीय तहमा भित्रिएका नागरिकको लगत सङ्कलन, क्वारेन्टाइन निर्माण, आईसोलेसन र जिल्लाको संरचनाको विवरण एकिन गर्न थालिएको र त्यही अनुरुप ‘कोभिड–१९’ प्रतिकार्यको अभियानमा थप तीब्रता दिने प्रदेश सरकारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार