मन्त्रालयद्धारा खाद्य र राहत वितरणमा मापदण्ड तयार
नेपालबहस संवाददाता
चैत १९, २०७६ बिहिबार ०:३१:५८
१९ चैत, काठमाडौं । लकडाउनका अवधिमा वितरण गरिने खाद्य तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी राहत सामग्री वितरणमा मापदण्ड बनाइने भएको छ । घरमै सीमित हुुने आदेशका कारण दैनिक आय गरी जीवनयापन गर्ने तथा विपन्न वर्गका उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तु सहज रुपमा एकै किसिमको मापदण्ड बनाई उपलब्ध गराइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी तथा काठमाडौं । ललितपुर र मध्यपुरथिमिका प्रमुखहरुको बैठकले काठमाडौ. उपत्यका र बाहिरका स्थानीय तहले एकै मापदण्डानुसार दैनिक उपभोग्य सामग्रीको बिक्रीवितरण गर्ने निर्णय गरेको हो ।
उद्योग मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बुधबारको बैठकले काठमाडौं उपत्यकाभरि एकै रुपका खाद्य सामग्रीको मापदण्ड तयार गरी नगरपालिकाहरुले सोही मापदण्डबमोजिम राहत वितरण गर्ने तथा नगरपालिकाको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सो बमोजिमको खाद्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै राहत वितरणको व्यवस्था सम्बन्धित वडाले संकलित तथ्यांकका आधारमा गर्ने र उपत्यका बाहिरका स्थानीय तहले समेत सोही मापदण्डलाई आधार मानी राहत वितरणको व्यवस्था गर्न सक्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार