कोरोना सङ्क्रमणको डरले दिइएन जिल्लामा पशुबलि
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १५:५०:१८
२० चैत, डोटी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण जिल्लामा बुधबार चैते अष्टमीका दिन कुनै पनि भगवतीका मन्दिरमा पशुबलि चढाइएन । केही मन्दिरमा एक÷दुई पुजारीले सामान्य पूजाआजा गरे पनि अन्य मन्दिरमा गत वर्षको जस्तो पूजापाठ र भिड लागेन ।
यहाँको स्थानीय प्रशासनले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन तथा स्थानीयवासीलाई जोखिमबाट बचाउन मन्दिरमा पूजाआजादेखि सार्वजनिक स्थलहरुमा भिड नगर्न आग्रह गरेपछि जिल्लामा रहेका कुनै पनि भगवती तथा कालीका मन्दिरमा पशुबलि नदिनुका साथै पूजापाठ नगरिएको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताएका छन् । उनले भने, “सरकारले गरेको लकडाउनसँगै सबै जिल्लावासी हप्तौँदेखि घरभित्रै छन्, त्यसमा पनि स्थानीय प्रशासनले पूजाआजामा भिडभाड नगर्नु भनेकाले जिल्लामा पशुबलि दिने काम रोकिएको हो ।”
पशुबलि दिइने जिल्लाका प्रसिद्ध भगवती मन्दिरहरु सिलगढीको कालिका, केआइसिंह गाउँपालिका–५ केदारगाउँको भगवती थान, तिखाको कालढुङ्गा भगवती थान, निरौली भगवती थान, गड्सेरा भगवती, पिपल्ला भगवती थानलगायतका दर्जनौँ मन्दिर सुनसान भएको स्थानीयवासीहरुले जानकारी दिएकाछन् ।
विगतका वर्षमा विशेष महत्वका साथ चैते अष्टमी मनाउने यहाँका विभिन्न भगवती मन्दिरमा यस वर्ष कोरोनाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कुनै पशुबलि नदिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिलीपसिंह देउवाले बताएका छन् । “मन्दिरमा पशुबलि दिँदा मानिसको भिड हुने र रोगको सङ्क्रमण हुने आशङ्काले हामीले पशुबलि नदिन आग्रह गरेका थियौँ, हाम्रो आग्रहलाई सबै जिल्लावासीले पालना गरे ।”, उनले भने ।
चैते दशैँमा जिल्लाका विभिन्न ठाउँमा मेला लाग्ने, पशुबलि चढाउने, चेलीबेटी माइत जानेलगायतका धार्मिक संस्कारका कार्य गर्दा मानिसको भीड धेरै हुने भन्दै स्थानीय प्रशासनको आग्रहमा यहाँका नौ वटै स्थानीय तहले भीडभाड हुने गरी तडकभडकका साथ चैते दशै नमनाउन सूचना जारी गरेका थिए । सरकारले देशलाई लकडाउनको घोषणा गरेकाले त्यसमा सहयोग गर्न स्थानीय प्रशासन र स्थानीय तहले जिल्लामा मनाइने सबै चाडपर्व नमनाउन सूचना जारी गरेका छन् ।
कर्मचारीको बिमा गर्दै नगरपालिका
जिल्लाको दिपायल नगरपालिकाले कोरोना भाइरस विरुद्धको अभियानमा खटिने स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र करार कर्मचारीको बीमा गर्ने भएको छ । कोरोना विरुद्धको अभियनामा सबैभन्दा बढी खटिने करार कर्मचारीको पनि बीमा गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकामा भएका स्थायी कर्मचारीको भने सङ्घीय सरकारले बीमा गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।
कोरोना नियन्त्रण तथा रोकथाममा खटिने सबै कर्मचारीको जोखिमलाई हेरेर रु आठ लाखदेखि १० लाखसम्मको बीमा गर्ने निर्णय गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिएका छन् । उनले भने, ‘‘कोरोना सङ्क्रमण विरुद्धको अभियानमा खटिने कर्मचारी बढी जोखिममा पर्ने भएकाले हामीले बीमा गर्ने निर्णय गरेका छौँ, यसबाट कर्मचारीलाई पनि काममा खटिन हौसला मिल्ने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार