गाउँपालिकाले बाड्यो विपन्नलाई सेनिटाइजर, साबुन र मास्क
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १६:१३:५०
२० चैत, तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारका दुई सय घरधुरीलाई दुई सय थान सेनिटाइजर, दुई सय साबुन र एक हजार थान मास्क वितरण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, कांगे्रस आँबुखैरेनी गाउँ कार्यसमिति र नेपाल तरुल दल आँबुखैरेनी एकाइका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठको संयुक्त सहयोगमा उक्त सामग्री वितरण गरिएको हो । यसअघि आँबुखैरेनी–३ स्थित कोट गाउँ र भाँगे गाउँमा सेनिटाइजर, साबुन र मास्क वितरण गरी नमूना खत्री टोल र प्रगति टोलमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि डिसइन्फेक्टेण्ट स्प्रे गरिएको थापाले बताए ।
त्यसैगरी आँबुखैरेनी–३ निवासी अभियान श्रेष्ठले आँबुखैरेनीभित्रका विपन्न परिवारका २५० घरधुरीलाई सेनिटाइजर, डिटोल साबुन र मास्क वितरण गरेका छन् । कोभिड–१९को संक्रमणबाट बच्न तथा बचाउनका लागि आँबुखैरेनी–३, आँबु गाउँका ५० घरधुरीलाई ५० थान सेनिटाइजर, ५० थान डेटोल साबुन र २०० थान मास्क वितरण गरिएको तरुल दल आँबुखैरेनी एकाइका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसंग भिड्दै
पुष ५, २०८१ शुक्रबार