कोरोना रोकथामका नाममा जथाभावी रसायन नछर्न आग्रह
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १७:७:४७
२० चैत, बाँके । कोरोना भाइरस रोकथामका नाममा जथाभावी रसायन नछर्न नेपालगञ्ज उपमहानगरपालिकाले आग्रह गरेको छ । उपमहानगरपालिका भित्रका स्थानमा विनाजानकारी जथाभावी रसायनहरु छर्ने कार्य भएपछि उपमहानगरपालिका वा सम्वन्धित निकायमा सम्बन्धितलाई समन्वय गर्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताएका छन् ।
उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाभित्रका केही सङ्घ संस्था तथा व्यक्तिहरुले वडा, नगर तथा टोललाई सेनिटाइज्ड गर्न मापदण्ड नपुगेका रसायन छरेको पाइएको छ । मापदण्ड नपुगेका इन्सेक्टिसाइट, पेन्सीसाइट लगायतका विभिन्न रसायन छर्किदा जीवजन्तु, वातावरण तथा मानवीय स्वास्थ्यमा समेत असर पर्ने हुँदा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी काम गर्न भनिएको चन्दले जानकारी दिएका छन् ।
१० जना घर फिर्ता
बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा २ सय १२ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा राखेर ‘थ्रोट स्वाव’ परीक्षण गरी ‘नेगेटिभ’ रिपोर्ट आएका १० जनालाई घर पठाइएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा विभिन्न १३ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बाँकेमा हाल ४ सय ४९ जना अट्ने क्वारेन्टाइनको क्षमता रहेको छ । जसमध्ये ३४४ बेड तयार भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईनमा १००, कोहलपुर नगरपालिकाको कृषि तालिम केन्द्रमा ३२, खजुरा गाउँपालिकास्थित मैटहवा माविमा ५३ र कृषि तालिम केन्द्रमा १५, जानकी गाउँपालिकाको नेपाल राष्ट्रिय प्राविमा २५, बैजनाथ गाउँपालिकाको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा १६ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार