भाइरसको जोखिम नियन्त्रण लागि गाउँपालिकाद्धारा प्रवेशमा निषेध
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १७:२३:४
२० चैत, कास्की । कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो ।
गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित दुई कोरोनाविरुद्ध परिचालित स्वयंसेवक खटाइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् । उनका अनुसार नाकामा चौबीसै घण्टा स्वयंसेवक एवं सुरक्षकर्मी रहनेछन् । पालिका प्रवेशको मुख्य नाका खोलाको छेउ, पुलचोक, तालवेँसी, पोल्याङ, देउराली फेदी, रामदी, ताकाङजा, पिप्ले र काउरे नाकामा बुधबार साँझदेखि सूचना टाँसेर आवतजावत बन्द गरिएको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिका प्रवेशमा रोक लगाइएको बताउँदै उनले यसबाट गाउँवासीलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । बाहिरबाट गाउँपालिकाभित्र आवतजावत गर्दा कोरोना भाइरस भित्रने जोखिम बढेका कारण पालिकाको १८ गते मङ्गलबार बसेको विशेष बैठकले प्रवेश निषेध गर्ने निर्णय गरेको बताउँदै अध्यक्ष ओझाले भने, “यदि कोही गाउँ प्रवेश गर्दछ भने स्वास्थ्यकर्मीको निगरानीमा १४ दिन क्वारेनटाइनमा अनिवार्य बस्नै पर्दछ ।”
गाउँवासीलाई आवश्यक स्वास्थ्य सेवा उपलव्ध गराउन गाउँपालिकाका सातै वडामा सञ्चालित स्वास्थ्यचौकी २४ घण्टा नै खुला गरेर सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् । उनका अनुसार सेवामा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक साधन स्रोतको व्यवस्था गरिएको छ । गाउँपालिकावासीका लागि आवश्यक औषधि र खाद्यान्न मौज्दात रहेको बताउँदै अध्यक्ष ओझाले थप उपभोग्य वस्तु आपूर्तिका लागि पालिकाको सवारी साधन प्रयोग गरी उच्च सुरक्षाका साथ उपलब्ध गराइने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो।
गाउँपालिका वडा नं ५ देउरालीमा स्थापित कोरोना भाइरस क्वारेन्टाइन रहेको १४ मध्ये अवधि पूरा गरेर बुधबार छ घर फर्केका छन् भने २५ जनालाई होम क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिएका छन् । गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको थियो भने मृत्यु हुने व्यक्तिको कोरोना नभएको टेकु अस्पतालको रिपोर्टमा देखिएको छ ।
विश्वव्यापीरूपमा पैmलिएको कोरोनाको सङ्क्रमण रोगथामसँगै जोखिम न्यूनीकरणका लागि पालिकाकाले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई लक्षित गरी पाँच हजार मास्क वितरण गरिएको बताउँदै उनले विभिन्न सङ्घसंस्थाको सहयोगमा अन्य आवश्यक सरसफाइका सामग्रीसमेत उपलब्ध गराउँदै आएको बताएका छन् । गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको बताउँदै उपाध्यक्ष गुरुङले नागरिकको स्वास्थ्य, खाद्यान्नलगायतका समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिको सिफारिसमा गाउँपालिकाले गर्ने व्यवस्था मिलाइएको छ ।
जनप्रतिनिधिको सहयोगमा पालिकाभित्र रहेका मजदुर, गरिब तथा विपन्न वर्गको लागत सङ्कलन गरी आवश्यक खाद्यान्न तथा अन्य सामग्री वितरण गरिने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन् । वर्तमान अप्ठ्यारो अवस्थामा लक्षित वर्गलाई राहत उपलब्ध गराउन सबै गाउँवासीको सहयोग रहने विश्वास व्यक्त गर्दै उनले यस्तो विषम परिस्थितिमा राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार