महानगरद्धारा विपन्न, अशक्त र अलपत्रको लागि राहत कोष स्थापना
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १७:५६:३६
२० चैत, कास्की । पोखरा महानगरपालिकाले राहत वितरणका लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगरकार्यपालिका बैठकले अतिविपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेलगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले बनाएकोे राहत कोषबाट राहत वितरणका लागि लाभग्राही छनोट गर्न मापदण्ड बनाएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिएका छन् । कोषमा रु दुई करोड ४८ लाख ५० हजार छ ।
नेपालीका अनुसार कुनै आयस्रोत नभएका, दैनिक ज्याला मजदूरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहारसुसार नपाएका (ज्येष्ठ नागरिक असहाय, अशक्त, गर्भवती, दीर्घरोगी,टुहुरा बालबालिका र फरक क्षमता भएका)लाई लाभग्राहीका रुपमा छनोट गरिने छ ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, अलपत्र स्वदेशी तथा विदेशी र धार्मिकस्थलमा भेटचन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीका रुपमा छनोट गरिने मापदण्ड बनाइएको नेपालीले बताएका छन् । राहत वितरण गर्दा व्यक्तिको परिचय खुल्ने कुनै एउटा कागजपत्र भए हुनेछ ।
बैठकले महामारी रोकथाम तथा नियन्त्रणका लागि नगर प्रमुख जिसीको संयोजकत्वमा उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नं ४ का वढाध्यक्ष शंकर बास्तोला, ९ का वडाध्यक्ष रामराज लामिछाने, १३ का वडाध्यक्ष लेखबहादुर तामाङ, वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेल र प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेल सदस्य रहेको निर्देशन तथा समन्वय कार्यदल गठन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार