इँटा उद्योगद्धारा लकडाउन उल्लङ्घन, हजार भारतीय मजदूर राखेर काम गराउदै
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १८:७:३१
२० चैत, सुनसरी । दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ । कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको भएपनि दुहबी ९ र गढी १ मा रहेको इँटा उद्योगले हजार भारतीय मजदूर राखेर काम गराइरहेको छ ।
इँटाभट्टमा भारतीय मजदूरले निर्बाध काम गरिरहेको र गाउँघरमा समेत पस्ने गरेका कारण आफूहरुलाई समस्या भएको स्थानीयवासी मोहमद ताविज हुसेनले बताएका छन् ।उद्योगमा काम गर्नेमा भारत पश्चिम बंगालका मजदूर रहेको र उनीहरुले किनमेल गर्ने बहानामा गाउँ घुम्ने गरेका कारण आफूहरुमा कोरोना भाइरसको त्रास उत्पन्न भएको हुसेनले गुनासो गरेका छन्।
दुहबी ९ का वडाध्यक्ष मेहदी हुुसेनले इँटा उद्योग सञ्चालनका विषयमा आफूलाई जानकारी नभएको बताउँदै यदि त्यस्तो पाइएमा उद्योगलाई नेपाल सरकारले लागु गरेको नियमानुसार कारवाही गरिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार