भारतमा २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित

नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १९:५८:५०

२० चैत्र, एजेन्सी । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ ।
भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने यसले अवस्था झनै गम्भीर हुने देखिएको उनीहरुको भनाई छ । प्राप्त पछिल्लो समाचारमा भारतमा हालसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । त्यसैगरी यसका सङ्क्रमितहरु मध्ये १४३ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले भारतले घोषणा गरेको लकडाउनको अवस्थामा थप कडाई गर्नुपर्ने धारणा राखेका छन् । पछिल्ला केही दिनमा भारतमा यसरी सङ्क्रमितहरुको संख्या थपिँदै जान लागेपछि बिहीबार बिहान भारतीय गृहसचिव अजय भल्लाले भारतको गृह प्रशासनको आदेशमा जारी लकडाउनको नीतिलाई अझै कडा रुपमा पालना गराउन सबै राज्य सरकारहरुलाई आग्रह गरेका छन्।
भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले हालैमात्र त्यहाँ २१ दिनसम्म सम्पूर्ण देशभरि लकडाउनको घोषणा गरेका थिए । भारतमा सबै देशभरमा लकडाउन गरेर सामाजिक दुरी कायम गर्नसक्नु नै यस रोगका विरुद्धमा लड्ने औजार र औषधि रहेको बताए ।
उनले नागरिककै स्वास्थ्यका लागि यस्तो नीति लिनुपरेको भन्दै आफ्नो स्वास्थ्यका लागि घरैमा बसिदिन र खाद्यान्न आदि किनमेलका लागि छुट्याइएको समयमा पनि सामाजिक दुरी कायम गरेर किनमेल आदि गर्न आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण
फागुन १५, २०८१ बिहिबार
युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
आजदेखि नेमकिपाको आठौं महाधिवेशन, विजुक्छें नै होला त अध्यक्ष ?
फागुन १६, २०८१ शुक्रबार
काठमाडौंका यी स्थानमा आज काटिदैछ बिजुली
फागुन १६, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १६, २०८१ शुक्रबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार