ओम्नीको ठेक्कामा ककसको स्वार्थ थियो ? भ्रष्टलाई हटाउने कि आफै हट्ने प्रमज्यु !
इन्द्र रिजाल
चैत २०, २०७६ बिहिबार २०:५९:४९
समाचार टिप्पणी
२० चैत्र, काठमाडौं । देश लकडाउनमा छ, जनता घरघरमा थुनिएर बसेका छन् । किनकी कोरोना भाइरसको अदृश्य आतंकको माहोल सर्वत्र छरपस्ट छ । ठीक, यहीबेला सरकारमा बसेकाहरु भने गिद्धले सिनो ताकेजस्तो कमिशनको वरिपरि झुम्मिएका छन् ।
कोरोनाको कहरले हाहाकार मच्चाएका बेला कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल गैरजिम्मेवार ढंगले प्रस्तुत हुने गरेका छन् । चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सामग्री ल्याउने क्रममा उनी निकट ओम्नी समूहले गरेको फटाईं सार्वजनिक भएपछि त्यसको जवाफदेहिता अर्काको काँधमा पन्छाएर पानीमाथिको ओभानो बन्न खोजेका छन्, पोखरेल ।
जब सञ्चारमाध्यममा यिनीहरुको फटाईं र भ्रष्टाचार छारस्ट भयो, अनि मात्र थोरै हच्किए । तैपनि पेलेरै जाने पक्षमा थिए । किनभने प्रधानमन्त्री ओली दाहिना थिए, ईश्वर त त्यसै पनि ईश्वरै, अनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ओलीका बफादार । त्यसैले सकेसम्म पेलेरै जाने सोच थियो । तर सञ्चारमाध्यमले लगातार सप्रमाण प्रहार गर्न थालेपछि नागरिक समाज पनि थोरै जागरुक देखियो ।
कोरोनाको पहिलो केस देखापरेको दुई महिना कानमा तेल हालेर बसेको सरकार एकाएक दोस्रो केस फेला परेपछि आत्तिएको देखियो । जबकी यो पूर्व तयारीका साथ भएको रहेछ । कोरोनाको चरम त्राश बढाएर आफ्ना कमिसन पार्टनरलाई ठेक्का दिने पूर्वयोजना बनेको पछि थाहा भयो । ओम्नी नामक सप्लायर्स, जसको स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नै थिएन । ओबीसीआई इन्टरनेशनलका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सिंहले कम्प्युटर हार्डवेयर र सफ्टवेयर आपूर्ति मार्फत आफ्नो व्यावसायिक जीवन शुरु गरेका थिए । अहिले उनको व्यवसाय कम्प्युटर, सूचना प्रविधिसँगै कागज, जेनेरेटर, कम्प्युटर नेटवर्किङदेखि छपाइ\मुद्रणलगायत थुप्रै क्षेत्रमा विस्तार भएको छ । देशभित्र मात्र होइन, सिंगापुर र दुबईसम्म फैलिएको छ ।
यसको प्रमुख स्रोत बनेको छ— बलियो राजनीतिक साँठगाँठ । तर उसको योग्यता थियो त केवल पूर्वएमालेका नेताको आवश्यकता पूरा गर्नसक्ने क्षमता । क्षमता मात्र होइन, विगतमा पूर्व एमालेका नेताहरु केपी ओली, माधव नेपाल, ईश्वर पा्खरेल लगायतलाई राम्रै सहयोग गरेको निकटता । त्यसैका आधारमा अनधिकृत रुपमा ठेक्का दिइयो । ठेक्का पाएकाले जे गर्दा पनि हुन्छ भन्ने सोच देखायो ।
किनभने घरभित्र थुनिएका जनतालाई यसको के जानकारी हुन्थ्यो र भन्ने सोचे ओम्नीवालाले । प्रधानमन्त्रीदेखि सबै सरकारी संयन्त्र आफ्नो पक्षमा थियो । त्यसैले निस्फिक्रीका साथ उसले गुणस्तरहिन सामान ल्यायो । तर यो देशमा चौथो अंगका रुपमा क्रियाशील सञ्चार जगत ज्यूँदै थियो । त्यसको हेक्का राखेनन् यिनले । जब सञ्चारमाध्यममा यिनीहरुको फटाईं र भ्रष्टाचार छारस्ट भयो, अनि मात्र थोरै हच्किए । तैपनि पेलेरै जाने पक्षमा थिए । किनभने प्रधानमन्त्री ओली दाहिना थिए, ईश्वर त त्यसै पनि ईश्वरै, अनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल ओलीका बफादार । त्यसैले सकेसम्म पेलेरै जाने सोच थियो । तर सञ्चारमाध्यमले लगातार सप्रमाण प्रहार गर्न थालेपछि नागरिक समाज पनि थोरै जागरुक देखियो । अनि बल्ल हच्किए यिनीहरु । बाध्य भएर हिजो मात्रै स्वास्थ्य सेवा विभागले ओम्नीसँगको पूर्व सम्झौता रद्ध ग¥यो ।
ओम्नीले ल्याएको पीपीईमा सबै सामान थिएन । कुनै सेटमा गगल्सको अभाव त कुनैमा बुट नै थिएनन् । यस्ता अपूरा सेट दिइएपछि चिकित्सकले प्रयोग गर्न मानेनन् । फलतः सम्झौता रद्ध गर्न ओलीलाई ठूलै दवाव पर्न गयो । यति हुँदासमेत ओली सम्झौता रद्ध गर्न मानिरहेका थिएनन् । तर जब प्रचण्डले नै चर्काे विरोध गरे अनि चाहिं बाध्य भएका थिए ।
एकैछिन अघिसम्म नियम कानून बमोजिम ल्याइएको, अभावका कारण बजार मूल्य भन्दा केही महंगो मात्र हो भन्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले एकाएक सम्झौता रद्ध भएको जानकारी दिए । सबैले बुझेकै हुन् प्रधानमन्त्रीको ठाडो आदेशले ठेक्का पाएको ओम्नीले फेरि उनकै आदेशमा रद्ध समेत गरियो । सञ्चारमाध्यमले लगातार प्रश्न उठाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले हिजै बिहान ओलीलाई भेटी ठेक्का रद्ध गर्न दवाव दिए । अनि बाध्यतावश अमिलो मन गरेर ओलीले यस्तो निर्णय लिनुप¥यो ।
यसबारे उच्चस्तरीय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल केही बोल्न सक्ने अवस्था रहेनन् । त्यसैले पत्रकारहरुसँग उनले यो प्रकरणमा केही जवाफ दिनै सकेका छैनन् । उनको जवाफ मात्र यति आएको छ – स्वास्थ्य सेवा विभागले गरेको सम्झौता उसले रद्ध गरको छ, अरु मलाई थाहा छैन । देश चलाउने जिम्मेवारी बोकेका व्यक्तिको यस्तो हलुको र गैरजिम्मेवार जवाफ आउनु लोकतन्त्रकै उपहास हो ।
सकेसम्म ठेक्का नतोड्ने सरकारको चाहना भएपनि केही महत्वपूर्ण पक्षमा भएका कमजोरीले यस्तो निर्णय लिन ओली बाध्य भएका हुन् । त्यसको पहिलो कारण भनेको गुणस्तरहिन किट नै थियो । ओम्नीले चीनबाट चारगुणा महंगो मूल्यमा ल्याएको ¥यापिड टेष्टिङ किट विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको परेछ । यसबाट गरिने परीक्षण भरपर्दाे नहुने भन्दै प्रयोगशालाका डाक्टरले नै मानेनन् । त्यसमाथि सञ्चारजगतले खेद्नु खेद्यो । त्यसैले बाध्य भएर सम्झौता रद्ध गरियो ।
दोस्रो कारण थियो – अपूरो पीपीई । ओम्नीले ल्याएको पीपीईमा सबै सामान थिएन । कुनै सेटमा गगल्सको अभाव त कुनैमा बुट नै थिएनन् । यस्ता अपूरा सेट दिइएपछि चिकित्सकले प्रयोग गर्न मानेनन् । फलतः सम्झौता रद्ध गर्न ओलीलाई ठूलै दवाव पर्न गयो । यति हुँदासमेत ओली सम्झौता रद्ध गर्न मानिरहेका थिएनन् । तर जब प्रचण्डले नै चर्काे विरोध गरे अनि चाहिं बाध्य भएका थिए ।
त्यसैले यो प्रकरणमा प्रत्यक्ष संलग्न उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले कुनैपनि मूल्यमा उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुने छैन । प्रधानमन्त्रीकै प्रत्यक्ष संलग्नता देखिने यो प्रकरणलाई त्यसै दवाउन खोजियो भने लोकतन्त्रैकै मजाक हुने छ ।
अहिले ओम्नीसँगको सम्झौता रद्ध गरी नयाँ प्रक्रियाबाट सामान ल्याउन धेरै समय लाग्ने अवस्था छ । भ्रष्ट सरकारको गलत कामको परिणाम स्वरुप अब नयाँ प्रक्रिया थाल्दा स्वास्थ्य सामग्री आईपुग्न कम्तिमा दुई साताको समय लाग्ने अवस्था छ । अबको एक सातामा धेरै भन्दा धेरै मानिसको पहुँचमा परीक्षण पु¥याउनुपर्ने बाध्यता छ । जुन अहिलेलाई पूरा हुन सम्भव छैन । यसको मतलव जनताले निकै ठूलो जोखिम मोल्नुपर्ने छ ।
सरकारले गलत काम गरेको प्रमाणित भएपछि नै ठेक्का रद्ध गरेको हो । रद्ध गर्ने क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले भनेका थिए, ठग ठेकेदार परेछ, हामीले ठेक्का रद्ध गरेका छौं । साथै उसलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाइएको जानकारी उनले दिए । यत्रो ठूलो काण्ड मच्चाएको ओम्नीले मात्र होइन । यसका पछाडिको भ्रष्ट्रारजन्य सोच नै प्रमुख कारण हो । उच्चस्तरीय समितिका संयोजकले यो काण्डमा स्वास्थ्य सेवा विभाग मात्र दोषी छ भन्ने आशयका अभिव्यक्ति दिएका छन् । त्यो कीमार्थ स्वीकार्न सकिन्न ।
स्वास्थ्य विभागका महानिर्देशक एक्लैले चाहेर सम्झौता हुने वा रद्ध हुने कुरा कसैले पत्याउनेवाला छैन । त्यसैले यो प्रकरणमा प्रत्यक्ष संलग्न उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले कुनैपनि मूल्यमा उन्मुक्ति पाउने अवस्था स्वीकार्य हुने छैन । प्रधानमन्त्रीकै प्रत्यक्ष संलग्नता देखिने यो प्रकरणलाई त्यसै दवाउन खोजियो भने लोकतन्त्रैकै मजाक हुने छ । भ्रष्ट्राचार गर्न जस्तोसुकै परिवेशलाई समेत अनुकुल ठान्ने अहिलेको सरकारका मन्त्रीहरुले कुनै वहानामा छुट पाउनु हँदैन । तत्काल पद त्याग गराउने जिम्मा प्रधानमन्त्रीको हो । तर त्यो सामथ्र्य होला त ओलीसँग, धेरैलाई विश्वास छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार