प्रदेशमा विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा गरिदै
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार ०:१०:१८
२० चैत, काठमाडौं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले १३ जिल्लामा कोरोना भाइरस नियन्त्रण गर्ने प्रयासका लागि प्रदेश विपद् व्यवस्थापन कार्यसमितिको बैठकले सबै स्थानीय तहलाई विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा उपलब्ध गराइने बताएका छन् ।
मन्त्री जम्मकट्टेलको अध्यक्षतामा आज प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर स्थानीय निकायलाई पठाउने भनिएको विपद् व्यवस्थापन अनुदानको रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमा आजै उपलब्ध गराइदिन माग गर्ने निर्णय गरिएको थियो । बैठकले प्रदेशका १३ जिल्लामा सङ्घीय सरकारद्वारा घोषणा गरिएको लकडाउन कार्यक्रमलाई दैनिक सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीको मनोबल उच्च पार्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत् क्रमशः रु पाँच लाखका दरले शुक्रबार नै रकम पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्ले केही दिनअघि विपद् व्यवस्थापन कल्याण कोष स्थापना गर्न काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिकालाई रु २० लाखका दरले, हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख, ४१ नगरपालिकालाई रु १२ लाखका दरले र ७४ गाउँपालिकालाई रु १० लाखका दरले विपद् व्यवस्थापन गर्न अनुदान रकम विपद् व्यवस्थापन सचिवालय हेटौँडाबाट निकासा गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार