प्रधानमन्त्रीको सचिवालय नै साइबर अपराधमा, कारवाहीको दायरामा ल्याउन ओलीको ध्यानाकर्षण
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार ०:४८:३७
२० चैत्र, काठमाडौं । समाचार संस्थालाई जानकारी नदिई आफ्नो प्रभावमा रहेको परामर्शदातृ कम्पनीलाई प्रभावमा पारेर समाचार डिलीट गर्ने कार्य साइबर अपराध भएको नेपाल प्रेस युनियनले ठहर गरेको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज जारी गरेको विज्ञप्तिमा यो घटनाले प्रधानमन्त्री कार्यालय आफूलाई चित्त नबुझेको हकमा कसरी तल्लोस्तरमा ओर्लिएर अधिनायकवादी शैली प्रस्तुत गर्छ भन्ने समेत देखाएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री कार्यालय प्रत्यक्ष संलग्न रहेको यो घटनाले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती सबैलाई झस्काएको युनियनले जनाएको छ । समाचारमा चित्त नबुझेको अवस्थामा त्यसका बिरुद्ध उपचार खोज्ने कानुनी व्यवस्था हुँदाहुँदै समाचार संस्थामाथि यस किसिमको आक्रमण खेदजनक भएको युनियनको ठहर छ ।
विज्ञप्तिमा समाचार प्रकाशन गर्ने संस्थाका पत्रकार साथीहरुको व्यक्तिगत सुरक्षामा आँच आउने गरि धम्क्याउँदा पनि नभएपछि साईवर अपराधमा उत्रने प्रधानमन्त्रीको सचिवालयको हर्कत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्म र भावना विपरित एवं प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको विरोधी रहेको नेपाल प्रेस युनियनले ठहर छ । महासचिव शिवाकोटीले प्रधानमन्त्री कार्यालयका जुनसुकै पद र ओहोदामा रहेका भएपनि उनीहरुलाई कार्वाहीको दायरामा ल्याउन युनियन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै प्रसाशनसँग जोडदार माग गरेका छन् ।
काठमाडौंबाट प्रकाशित हुँदै आएको काठमाडौं प्रेस डटकम मा प्रकाशित ‘महंगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ समाचार सम्पादन समूहको जानकारी बिना नै न्यूज पोर्टलबाट डिलीट गरिएको विषय यतिबेला नेपाली सञ्चार क्षेत्रमा भाइरल भएको छ ।
सो समाचार प्रकाशन भएदेखि नै प्रधानमन्त्री कार्यालयबाट हटाउन दवाव दिइएकोमा नहटाइएपछि न्यूज पोर्टलको डिजाइन र व्याकइन्ड सेवा दिने कम्पनीलाई प्रभावमा पारी समाचार हटाइएको काठमाडौं प्रेसले दावी गर्दै आएको छ । सो कम्पनी प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञको रहेको समेत काठमाडौं प्रेसले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार