अब स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गर्नेलाई २५ हजार जरिवाना
नेपालबहस संवाददाता
चैत २०, २०७६ शुक्रबार १:३:५०
२० चैत, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई रु २५ हजार जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ नं वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताएका छन् ।
वडा नं ३ कार्यालयले गाउँवासी होस् वा बाह्य निवासी जो भए पनि स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा रु २५ जरिवाना र जो जति परिवार छन् सबैलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताएका छन् । वडा नं ३ खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।
जिल्ला भित्रिएका ६८८ मध्ये २१ क्वारेटाइनमा
जिल्ला बाहिर भारत वा काठमाडौँलगायत विभिन्न शहरबाट आएर बाँके, सुर्खेत, जुम्ला, मुगु हुँदै हुम्ला पुगेका स्थानीयवासी क्वारेन्टाइनमा बस्नै मान्दैनन् । हुम्ला जिल्लाभरि एक सय तीन शययाको क्वारेनटाइन निर्माण गरिएको छ । यहाँको स्थानीय सरकार र स्थानीय प्रशासनले कोभिड –१९ को जोखिम बढ्दै गएपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्नलाई जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ ।
जिल्लाको सदरमुकाम सिमकोटमा रहेको ३० शय्याको क्वारेन्टाइनमा अहिले जिल्ला बाहिरबाट आएका १० र उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ्गमा रहेको क्वारेन्टाइनमा ११ शय्या रहेकामा ११ जना नै बसेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार