प्रदेश नं १ : ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १५:३६:५
२१ चैत्र, विराटनगर । प्रदेश नं १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ । सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एकएक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुई दुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन शङ्कास्पद व्यक्तिको स्वाब नमूना सङ्कलन गरिएको जानकारी दिए ।
आइसोलेशन वार्डमा बिहीबारसम्म ११ जना भर्ना भएका छन् जसमा पाँच महिला छन् । यसैबीच प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पताललाई बिहीबार व्यक्तिगत सुरक्षा सामाग्री ६७६ थान वितरण गरिएको छ ।
अलपत्र २५० मजदूरको उद्धार
भोजपुर– कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो । त्यस्तै मजदूरलाई पु¥याएर फर्केको बसमा भोजपुर घर भई काठमाडौं, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए।
जिल्लामा करीब तीन महिनालाई पुग्ने खाद्यान्न भण्डारमा रहेको प्रजिअ पुरीले जानकारी दिए । ‘‘ भोजपुरमा कोरोनाको कारण आत्तिनुपर्ने अवस्था छैन, बाहिर नपठाउने हो भने तीन महिनालाई पुग्ने खाद्यान्न स्टक छ, अन्य तेल, नुनसँंगै पेट्रोलियम पदार्थको पनि जिल्लामा अभाव छैन’’, उनले भने । भोकालाई नगर उपप्रमुखद्वारा खाद्यान्न प्रदाान खोटाङ–हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले लकडाउनका मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेका छन । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गरिरहेका नगरपालिका–७ महादेवस्थानस्थित माल्खुका २५ घरपरिवारलाई उपप्रमुख राईले व्यक्तिगत खर्चमा खाद्यान्न खरीद गरेर प्रदान गरेका हुन ।
सहकारी संस्थाबाट हर्जना छुट घोषणा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले लकडाउनको अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको बिहीबार बसेको संयुक्त बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो ।
हर्जना छुट पाउनका लागि ऋणीले लकडाउन खुलेको १५ दिनभित्र किस्ता बुझाउनुपर्ने निर्णय भएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म आठ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माण गरे पनि होम क्वारेन्टाइन नै उपयुक्त रहेको भन्दै विदेशबाट आएकालाई घरैमा बस्न छुट दिइएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार