लकडाउन उल्लंघन गरी हिँड्दा पक्राउ परेका १०६ जना फर्के अनुशिक्षण लिएर
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १६:४८:१०
२१ चैत, काभ्रेपलाञ्चोक । बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२ सवारी साधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ । सडकमा जथाभावी हिँडेकाहरुलाई नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धी सचेतनामूलक अनुशिक्षण दिई दुई घण्टापछि छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिएका छन् ।
यसैगरी लकडाउन उल्लंघन गरेर बजारमा हिँडिरहेका ६० जनालाई सिन्धुपाल्चोक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।उनीहरुसहित प्रहरीले विनाइजाजत सवारी साधन चलाउने सात जना पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रज्वल महर्जनले कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका उपाय, साबुपानीले हात धुने तरिका आदिबारे प्रशिक्षण दिएको कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
यस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार