नेपाल तरुण दलद्धारा लकडाउनको पालना गर्न आग्रह
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार १८:४७:१०
२० चैत, काठमाडौं । नेपाल तरुण दल कास्कीले लकडाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई पालना गर्न सबैसँग आग्रह गरेको छ ।
दलका तर्फबाट ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै दलका जिल्ला अध्यक्ष मनोज गुरुङले विश्वव्यापी बढीरहेको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको निर्देशनको पूर्ण पालना गर्न सबैमा आग्रह गर्नुभएको हो ।
महासङ्कटको यस घडीमा दलका सम्पूर्ण कमिटिमा आवद्ध पदाधिकारीलाई नियम कानूनको पालना गर्दै जिल्लावासीको दैनिकी सहज बनाउनमा सक्रिय भूमिका खेल्न पनि उहाँले आग्रह गर्नुभएको छ । सरकारले स्वास्थ्यकर्मी, अस्पतालकर्मी एवम् एम्बुलेन्स चालकलाई पिपीइ उपलब्ध गराउनुपर्ने भन्दै दलले कोरोना सङ्क्रमणको परीक्षण कार्यलाई सहज र छिटो बनाउनुपर्ने तथा सामान्य उपचारका विरामीका लागि छुट्टै अस्पताल तोकिनुपर्ने माग गरेको छ ।
यसैगरी लक डाउनका कारण विभिन्न भागमा अलपत्र परेका प्रदेशवासीको उचित व्यवस्थापनका साथै अति विपन्न, ज्यालादारी मजदूरलाई राहत सामग्रीको वितरण एवम् पहुँचलाई सुनिश्चित गर्न दलले माग गरेको छ । खाद्यान्नको सहज उपलब्धताका साथै खरिद गरिएका सामग्रीको विश्वसनीयता, गुणस्तर र खरिद अपारदर्शिताबारे दलको ध्यानाकर्षण भएको भन्दै यसको सत्यतथ्य छानबिन र दोषी उपर कारवाहीको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार