कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेशद्धारा एक हजार १४५ क्वारेन्टाइन निमार्ण
नेपालबहस संवाददाता
चैत २१, २०७६ शुक्रबार २२:३२:५६
२१ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड —१९) सम्भावित जोखिम हुन नदिन प्रदेश नं २ को आठ जिल्लामा एक हजार १४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले आज दिएको जानकारी अुनसार ३७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये ४६ लाई क्वारेन्टाइनमा पठाइएको छ ।
धनुषामा पाँच तथा पर्सामा दुई गरी सात जना आइसोलेशनमा रहेको बताइएको छ । प्रदेशमा हालसम्म एकजनामा पनि सो भाइरसको पोजेटिभ देखिएको छैन ।
यस्तै सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङकामा पहिलो पटक नौ जनाको स्वाब परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
भारतको विभिन्न राज्यबाट इस्लाम धर्मालम्बीहरुको तब्लिगी जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ जना र फ्रान्सबाट नेपाल फर्किएका तिलाठी कोइलाडी गाउँपालिकाका एक जना गरी कूल नौ जनाको स्वाब परीक्षणका लागि सो प्रतिष्ठानमा पठाइएको हो।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वाब सङ्कलन गरी उनीहरुलाई पुनः क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिनुभयो । परीक्षणका लागि स्वाब सङ्कलन गर्नुभएका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। रणजित कुमार झाले नौ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।
स्वाब रिपोर्ट आएपछि थप स्पष्ट हुने भन्दै अस्पतालले स्वाब रिपोर्ट आउन दुई/तीन दिन लाग्ने जनाएको छ । भारत बिहारको अररिया जिल्लाबाट आएका आठ जनालाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा तथा फ्रान्सबाट आएका एक जनालाई राजविराज नगरपालिका–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार