महासंघद्धारा क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान
नेपालबहस संवाददाता
चैत २१, २०७६ शनिबार ०:०:२२
२१ चैत, कास्की । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा महासंघले पत्रकारलाई उक्त सामग्री प्रदान गरेको हो । कोभिड– १९ को संक्रमणबाट जोगिन स्थलगत रिपोर्टिङमा खटिएर समाचार संकलन गर्ने करीब ६० पत्रकारलाई आवश्यक स्यानिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कोरोना महामारीका बारेमा सही र सूचना दिएर नागरिकलाई सुसूचित गराउने पत्रकार पनि यतिबेला जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाएर समाचार संकलन गर्नुपर्ने बताएका छन् । डा शर्माका अनुसार गण्डकी प्रदेशका विभिन्न १४ स्थानमा १३३ सघन उपचार कक्ष र ५४ भेन्टिलेटर छन् । प्रदेशमा तीन हजार ७४९ क्वारेन्टाइन बनाइएको छ । दुई सय ५८ जना हाल क्वारेन्टाइमा छन् भने एक हजार ८५ होम क्वारेन्टाइनमा छन् ।
त्यस्तै १७७ आइसोलेशन बेड रहेकामा पाँच जनालाई आइलोशनमा राखेर उपचार गरिएको छ । कोरोना सम्बन्धी पोखराका चार अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको पनि उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार