लकडाउनका समयमा खाद्यान्न हवाइ ढुवानी हुँदा विरोध, भोका जनता आक्रोशित
नेपालबहस संवाददाता
चैत २१, २०७६ शनिबार ०:३०:५०
२१ चैत, हुम्ला । लकडाउनका समयमा खाद्यान्न ढुवानी भएकोमा यहाँका केही युवाले विरोध गरेका छन् । लकडाउनपछि हुम्लामा खाद्यान्न अभाव पाएर सांसद छक्कबहादुर लामाले आफ्नो पहलमा दुई दिन अगाडिदेखि चामल ढुवानी गराएकोमा कोरोना भाइरस सङ्क्रमण हुने डरले स्थानीय युवाले विरोध गरेका हुन् ।
जिल्ला सदरमुकाम सिमकोटका केही युवाले दुई दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट लगातार खाद्यान्न ढुवानी गरिरहेका हवाई यातायात उडान बन्द गर्न स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । खाद्यान्न ढुवानी गर्ने नाममा हवाइजहाज निर्बाध चलेको र त्यसबाट जिल्लामा संक्रमण भित्रिन सक्ने आशङ्काले उडान रोक्न आज जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेश गरिएको स्थानीयवासी रवीनकुमार बस्नेतले बताएका छन् ।
भोकमरी समस्या भोगिरहेका गाउँले भने खाद्यान्न ढुवानीको विरोध भएकामा आक्रोशित छन् । सिमकोट गाउँपालिकाका टसी विकले आफूहरुलाई रोगभन्दा भोकमरीको डर भएको बताएका छन् । ज्ञापनपत्र उद्योग, वाणिज्य तथा आपूर्तिमा मन्त्रालयमा पु¥याइने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताएका छन् । उक्त ज्ञापनपत्र स्थानीय तहलाई पनि बुझाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार