सरकारलाई परिणाममुखी काम गर्न महामन्त्री कोइरालाको आग्रह
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार २:४२:४
२१ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेका छन् । महामन्त्री कोइरालाले आज एक विज्ञप्ति जारी गर्दैै विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोबेल कोभिड–१९ सँग जुध्न सरकारले गरेका प्रयत्नलाई परिणामुखी बनाउन आग्रह गरेका हुन् । “लकडाउनलाई अझै बढी प्रभावकारी बनाउन यसको उदेश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी छ”, महामन्त्री कोइरालाले भने ।
महामन्त्री कोइरालाले सरकारले हालसम्म कोरोना भाइरस सङ्क्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको भन्दै प्रभावकािरता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेकाले सरकारको ध्यानाकर्षणसमेत गराए। “अतिआवश्यक स्वास्थ्य उपकरणको खरिद प्रक्रिया विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाण सञ्चारमाध्यमबाट आइरहेकाले यसको बारेमा निष्पक्ष छानबिन हुनुपर्छ”, महामन्त्री कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले अहिलेको समयमा आकस्मिक सेवा पाउनुपर्ने बिरामीले समेत समयमा उपचार नपाएको भन्दै यस्ता बिरामीप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आयस्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर व्यवहारमा उतार्न सरकारलाई आग्रह गरेका छन् । स्थानीय निकायमार्फत तत्काल राहत सामग्री गरिब जनतासम्म पु¥याउनुपर्ने उनको भनाइ छ ।
महामन्त्री कोइरालाले विश्वभर रहेर नेपाल फर्कन चाहेका नेपाली नागरिकलाई कूटनीतिक पहलमार्फत स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । उनले लकडाउनमा घरभित्र बसेका जनतालाई सङ्क्रमणको कुनै आशङ्का देखिए घरबाटै सावधानीपूर्वक परिक्षण केन्द्रसम्म पु¥याउने व्यवस्था मिलाउनुपर्ने बताए । महामन्त्री कोइरालाले स्वास्थ्यप्रति सचेत रहँदै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन देशवासीलाई आग्रहसमेत गरेका छन् ।
सामाखुशी क्षेत्रका २९७ परिवारलाई खाद्यान्न वितरण
काठमाडौं महानगरपालिकाले गोँगबु सामाखुशी क्षेत्रका २९७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । काठमाडौँ महानगरपालिका–२६ वडाले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यान दिएर सरकारले लकडाउन गरेपछि दैनिक मजदूरी गर्दै आएका विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले २६ वडामा बसेर दैनिक मजदूरी गर्दै आएका विपन्न २९७ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए । खाद्यान्न राहत लिनेमा ठमेल, लैनचौर, नयाँ बसपार्क, म्हैपी, रानीबारी क्षेत्रमा बसेर मजदूरी गर्ने रहेका छन् । वडाले उनीहरुलाई चामल, दाल, आलु, नुन, तेल, प्याज र च्यूरा वितरण गरेको हो ।
सरकारले लकडाउन गरेपछि काठमाडौं महानगरपालिकाले आजदेखि राहत मापदण्ड तयार गरी ३२ वटै वडामा कार्यरत गरिब तथा मजदूर किसानलाई राहत वितरण गर्दै आएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६ ले ५०० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले बिहीबार ३०० र आज २०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । काठमाडौं १६ वडाले जनजाती टोल बालाजु, बाइपास, वनस्थली क्षेत्रमा खाद्यान्न वितरण गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार