दिल्ली सरकारद्वारा ३२८ राहत केन्द्र स्थापना : मुख्यमन्त्री केजरिवाल
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार ४:११:६
२१ चैत्र, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ३२८ वटा राहत केन्द्र स्थापना गरिएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रवार जानकारी दिए ।
विद्युतीय माध्यममार्फत गरिएको पत्रकार सम्मेलनमा उनले भने “दिल्ली सरकारले ५७ हजार मानिसलाई पुग्नेगरी ३२८ वटा राहत केन्द्र तयार पारेको छ ।” उनका अनुसार लकडाउनका कारण अफ्टयारोमा परेकाको लागि ति राहत केन्द्रहरु स्थापना गरिएको हो । “राहत केन्द्रमा जो सुकै पनि आएर बस्न सक्छन्, उनीहरूलाई हामीले हेरचाह गर्नेछौ” उनले भने ।
नयाँ दिल्ली राज्यमा शुक्रवारसम्म ३८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिदै उनले तिमध्ये ९१ जना पछिल्लो २४ घण्टामा थपिएको बताए । उनका अनुसार नयाँ दिल्लीमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ ।
देशभरी शुक्रवारसम्म दुई हजार ३०० भन्दा बढि सङ्क्रमित भएकोमा १५६ जना निको भएर घर फर्केका छन् । देशभरी कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार