जापानद्वारा ७० मुलुकमाथि यात्रा प्रतिबन्ध
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार ४:३७:०
२१ चैत्र, एजेन्सी । कोरोना भाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्तराज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । सिएनएनका अनुसार यात्रा प्रतिबन्धहरु कहिले समाप्त हुन्छ भन्ने बारेमा जापान सरकारले केही बताएको छैन ।
कोरोना भाइरसको महामारी बढ्दै गएपछि गृष्मकालीन ओलम्पिक खेल एक वर्षका लागि स्थगित भएसँगै जापानले यस्तो निर्णय गरेको हो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर नै ओलम्पिक खेल स्थगित गरेको बताइसकेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जापानमा हालसम्म २ हजार ६१७ जनामा कोरोना संक्रमण देखिएको छ भने ६३ जनाको मृत्यु भएको छ । जापानमा पनि बुढ्यौली उमेरको जनसंख्या ठूलो रहेको र उनीहरु कोरोना संक्रमणबाट सबैभन्दा बढी खतराको सूचीमा रहेकाले पनि जापानमा विशेष सतर्कता अपनाइएको सरकारको भनाई छ ।
युरोप र अमेरिकाको तुलनामा जापानमा संक्रमण दर र मृत्यु दर दुबै निकै न्यून देखिएको छ । दक्षिण कोरियामा भने कोरोना भाइरसको महामारी रोक्न सरकारले विशेष व्यवस्था गरेको छ र कोरोना परीक्षणलाई व्यापक बनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार