प्रदेशद्धारा सङ्क्रमित ठाँउमा विशेषज्ञसहितको टोली हेलिकप्टरबाट पठाइने
नेपालबहस संवाददाता
चैत २२, २०७६ आइतबार १:५८:२
२२ चैत, काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताएका छन् ।
सल्यानको सदरमुकाम खलङ्गामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिएका छन् । “प्रदेश सरकारले जहाँ कोरोनाको सङ्क्रमण देखिन्छ त्यही ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्बुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टरमार्फत विशेषज्ञसहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौँ,” मन्त्री रावलले भने ।
प्रदेश सरकारले १० जिल्लाका अस्पतालको स्तरोन्नतिलाइ रु ५०/५० लाख उपलब्ध गराएको जानकारी दिएका छन् । “हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सबै अस्पतालमा पठाइसकेका छौँ, अब आवश्यकता र मागका आधारमा सबै पालिकामा उपलब्ध गराउने योजना छ”, मन्त्री रावलले भनेका छन् ।
प्रदेशभित्रका सबै अस्पतालमा कोरोना उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी भर्ना गर्न मन्त्रीले आग्रह गरेका छन् । “हामीले कोरोना रोकथामका लागि आवश्यक जनशक्ति भर्ना गर्न निर्देशन दिइसकेका छौँ आवश्यकताका आधारमा भर्ना गर्नुस् सरकारले प्रभावकारी काम खोजेको छ”, मन्त्री रावलले भने ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्न लागको जानकारी दिएका छन् । “देश लकडाउन भएको कारणले विपन्न, ज्याला मजदूरी गरेर खानेका लागि प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्न लागेको छ”, मन्त्री ज्वालाले भने । “कोरोनासँग लड्न तयारी पूरा गरेका छौँ, सरकार तपाईहरुको साथमा छ, नआत्तिएर सतर्कताका साथ जिम्मेवारी पुरा गर्नुस्”, मन्त्री ज्वालाले भने ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा लकडाउनको पूर्णरुपमा पालना भएको र सबै स्थानीय तहले विपन्नको तथ्याङ्क सङ्कलन गरी खाद्यान्न वितरण अगाडि बढाइरकेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार