कोभिड– १९ : यो हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार ११:५७:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/Corona_sketch_ZJBJeBjgS5.jpg)
२३ चैत्र, काठमाडौं । नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज १२आँै दिन शनिबार धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड– १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो ।
शनिबार एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण देखिएको छ । मुम्बाइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो । महिला भने यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले (कम्युनिटी ट्रान्समिसन)लाई सङ्क्रमणको दोस्रो चरण बताएको छ । पहिलो चरण सङ्क्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड– १९ परीक्षण गर्नुपर्ने बताउछन । “पहिले हामी पहिलो चरणमा रहेका थियौ । नेपालमा नै रहेका व्यक्तिमा कोभिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छाँै”, उनले भने, “विदेशबाट आएका मानिसमा मात्र होइन । अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ ।”
उनले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा सङ्क्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताउछन । सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै कोभिड–१९ सङ्क्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक सङ्क्रमणको स्थिति कस्तो हुने थाहा हुनेछ ।
अस्पतालका निर्देशक डा राजभण्डारीले बन्दाबन्दी ‘लकडाउन’को अवधि थप गरेर सङ्क्रमित रहेको समुदायको सबैको नमूना परीक्षण गर्नुपर्ने बताए । विश्वभरि फैलिएको महामारीका कारणले सरकार गत चैत ११ गते लकडाउन गरेको हो भने चैत ९ गतेदेखि विदेशबाट आउने अन्तराष्ट्रिय विमानस्थल पनि बन्द भएकाले त्यसपछि नेपालमा हवाइमार्गबाट मानिस आएका छैनन् । सो अवधिमा आएका मानिसको अहिले सङ्क्रमण देखिरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिमा सङ्क्रमण देखिएकाले सचेत हुनुपर्ने बताउछन । उनले समुदायमा सङ्क्रमण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताए । नेपालमा यही चैत २५ गते लकडाउनका अवधि १५ दिन पुग्दैछ । सो अवधिमा विदेशबाट आएका मानिसमा सङ्क्रमणको लक्षण देखिए पनि ती व्यक्तिले अन्यलाई सारेकाले लकडाउन बढाउनुको विकल्प नरहेको विज्ञ सल्लाहकार डा कार्कीको भनाइ रहेको छ । “यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ”, उनले भने, “अहिले एकै दिनमा तीन जनामा समेत देखियो । यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ ।”
यो लकडाउनको अवधिमा नेपालमा रहेका सङ्क्रमितको तथ्याङ्क आउने भएकाले जोखिम मानिएको हो । कोरोना भाइरसका सङ्क्रमण देखिने अनुसन्धानबाट दुई हप्ता हो । यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ । होइन भने देखिँदैन । चौध दिनपछि कममात्रामा लक्षण देखिने गर्दछन् । हाल नेपालमा विदेशबाट आएका आठ र एक जना नेपालमै रहेका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समुदायमा नै सङ्क्रमण देखिएकाले नमूना परीक्षणको दायरा बढाउनुपर्ने बताउछन । उनले नमूना परीक्षण दैनिक एक हजार पु¥याएर अवको हप्तामा विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्ने बताए । “व्यक्तिबाट व्यक्तिमा सङ्क्रमण सरेको छ । अब समुदायमा त्यो स¥यो कि सरेन भनेर हेर्नुपर्दछ उनले भने “विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्दछ । त्यसैले यो एक हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण रहन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार