अधिकांश तहमा सकियो पहिलो चरणको राहत वितरण
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १६:५:५६
२३ चैत, रुपन्देही । अधिकांश स्थानीय तहले लकडाउनका कारण प्रभावित वर्गलाई पहिलो चरणको राहत वितरणको काम सकेका छन् । जिल्लाको सैनामैना नगरपालिकामा २ हजार ८ परिवारलाई १४ हजार ७६२ किलोग्राम चामल, २ हजार ८ किलो दाल, २ हजार ८ किलो नून, २ हजार ८ लिटर खाने तेल र २ हजार ८ थान हात धुने साबुन वितरण भएको छ । सो नगरपालिकाका सूचना अधिकारी केशव अर्यालका अनुसार कूल ११ वडा रहेको सो नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ मा २७२ र सबैभन्दा कम वडा नं ७ मा ७८ परिवारलाई राहत वितरण गरिएको छ ।
शुद्धोधन गाउँपालिकामा ८०० घर परिवारलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नून वितरण भएको गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिनुभयो । कञ्चन गाउँपालिकामा ९९७ परिवारलाई १५० क्विन्टल चामल, प्रतिपरिवार १५ किलोग्राम, १ हजार किलो दाल, १ हजार लिटर तेल, १ हजार किलो नुन र १ हजार थान हात धुने साबुन वितरण भएको अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिनुभयो । “अझै छुट भएका १५० परिवारलाई पुनः वितरण गर्ने तयारीमा छौ” उनले भने ।
सिद्धार्थनगर नगरपालिका, भैरहवामा १ हजार ७४३ परिवारलाई अहिलेसम्म १२ हजार २८० किलो चामल, १–१ किलो, दाल, नून र १ लिटर तेल वितरण भएको छ । बाँकी रहेका १८१ परिवारलाई आज वितरण गर्ने तयारी रहेको बताइएको छ । सीयारी गाउँपालिकामा ७०० घरपरिवारलाई राहत वितरण गरिएको छ । १०० क्विन्टल चामल, १३ क्विन्टल दाल, १२ क्विन्टल, नून वितरण भएको अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो । हामीले पहिलो चरणको राहत वितरणपछि दोस्रो चरणको तयारी गरेका छौँ ।” उनले भने ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्न नदिन लकडाउन गरेपछि दैनिक ज्यालादारी र मजदुरी गर्ने र छान टार्न समस्या हुने विपन्न समुदायका व्यक्तिलाई सबै स्थानीय तहले विपद् तथा प्रकोप वयवस्थापन कोषबाट राहत वितरण गरेका हुन् । जिल्लामा रातह पाउने अधिकांश दलित, थारु, मधेसी, मुसहर, हरुवा, चरुवा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार