लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याइएका २४ जना स्वास्थ्य परीक्षणपछि घर फिर्ता
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १७:१७:४३
२३ चैत, काठमाडौं । लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पु¥याइएका २४ जना शनिबार घर पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामीण महिला सिर्जनशीलमा रहेको क्षेत्रीय क्वारेन्टाइनबाट स्वास्थ्य जाँच गरी घर पठाइएको हो । उल्लङ्घनकर्तालाई सम्बन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फक्वारेन्टाइनमा बस्ने शर्तसहित जिम्मेवारी दिई पठाइएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन् ।
राजधानीका विभिन्न ठाउँमा पेशा व्यवसाय गरी बसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको चिकित्सकको सिफारिसका आधारमा आ–आफ्नो घर पठाइएको तामाङले जानकारी दिएका छन् । उनीहरुलाई चैत्र २० गते लकडाउनको नियम मिचेर काठमाडौँबाट बाह्रबिसे जाँदै गर्दा तीन बलेरो पिकअपबाट नियन्त्रणमा लिई प्रहरीले क्वारेन्टाइन पु¥याएको थियो । २४ मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाउँपालिका र अधिकांश बाह्रबिसे नगरपालिकाका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार