प्रदेशद्धारा भाइरस नियन्त्रणका लागि लकडाउनमा थप कडाइ
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १८:३७:१९
२३ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिएका छन् ।
“क्वारेन्टाइन (कोभिड–१९ शंकास्पद) लाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाईन सम्बन्धि तोकिएको नियमानुसार लागु गरिने छ।” मन्त्री शाहले भने,–“भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानिय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गरिने छ ।”
कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।
अस्पताल र स्वास्थ्य कार्यालयलाई विनियोजन गरिएको बजेट कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन प्रयोजनका लागि व्यवस्थित रुपमा खर्च गर्ने, वितरण भइरहेका राहत सामग्रीहरु वितरण सबन्धी व्यवस्थाको लागि स्थानीय तह मार्फत् एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्ने पनि निर्णय भएको छ । प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोलीनिर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार