गल्याङमा चार सय ९५ परिवारका १८ सय ५४ जनालाई राहत वितरण
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १९:२२:०
२३ चैत, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले चार सय ९५ परिवारलाई राहत बाँडेको छ । गल्याङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारमा लकडाउनका कारण समस्यामा परेका अति विपन्न चार सय ९५ परिवारलाई राहत बाँडिएको हो ।
शनिबार बेलुकासम्ममा चार सय ९५ परिवारका एक हजार आठ सय ५४ जनालाई राहत बाँडिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए । उनीहरुलाई चार वटै वडामा गरी हालसम्म नौ हजार दुई सय ७० किलो चामल बाँडिएको छ । यस्तै, पाँच सय ५१ किलो दाल, ४९७ किलो नुन, चार सय ७६ लिटर खाने तेल र चार सय ६७ वटा हात धुने साबुन बाँडिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । राहतका लागि आइतबार वडा नम्बर पाँचमा जाने तय भएको उनले जानकारी दिए । राहत वितरणका लागि वडा वडामा पुगेका नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाले बनाएको राहत मापदण्ड अनुसार विपन्नहरुलाई राहत बाँडिएको स्पष्ट पारे ।
वडा नम्बर चारमा भएको कार्यक्रममा उनले भने –“कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउनका लागि लकडाउन भएको अवस्था छ । यो विपदको समयमा नगरपालिकाले पिडामा परेकाहरुलाई सहयोग गरेको हो ।” नगरप्रमुख अधिकारीले सबै नगरबासीको अभिभावकत्व नगरपालिकाले लिने भन्दै ढुक्क हुन आग्रह पनि गरे । उनले भने –“तपाईहरु साबधानी अपाउनुहोला । हामी जनप्रतिनिधि र कर्मचारी सक्दो प्रयास गरिरहेका छौं” पहिलो चरणमा १५ दिनको लागि राहत प्याकेज ल्याएको भन्दै उनले राहत प्याकेजलाई लकडाउन सकिएको एक हप्तासम्म जारी राख्ने जानकारी दिए । नगरपालिकाबाट राहत र कोरोना भाइरस संक्रमणको जोखिम कमगर्नका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार