कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाद्धारा राहत कोषलाई २५ हजार सहयोग
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार १९:३९:४८
२३ चैत, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गल्याङ नगरपालिकाको राहत कोषमा २५ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष महेश भट्टराईले संस्थाकै कार्यालयमा यो रकमको चके नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरे । चेक रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपदमा परेकाहरुलाई सहयोग गर्नका लागि खोलिएको राहत कोशमा रकम जम्मा गरेकोमा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिए । उनले सबैको सानो सानो सहयोगले पनि धेरै पिडितहरुको चुलो बल्न सक्ने भएकाले सहयोग गर्न सबैलाई अपिल गरे ।
एकद्धार प्रणालीबाट मात्रै सहयोग गर्ने नीति भएकाले गल्याङ नगरपालिकाको राहत कोशमा सक्दो रकम जम्मा गरी सहयोग गर्न उनले सबैलाई आह्वान गरे । कोरोना भाइरसबाट साबधानी अपनाउन देश लकडाउनको अवस्थामा भएको भन्दै यो कहिले सकिने भन्ने केही टुङ्गो नभएको बताए । नगरप्रमुख अधिकारीले भने –‘राजनीतिक आन्दोलनको बन्द भए त वार्ता होला, सहज होला भन्ने हुन्थ्यो तर यो विश्वलाई आक्रान्त पारेको कुरा भएकाले सबै उत्तिकै जिम्मेवार र साबधानी हुन जरुरी छ ।’
रकम हस्तान्तरण कार्यक्रममा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश भट्टराईले विपदमा परेकाहरुलाई थोरै भएपनि राहत मिलोस भन्ने हेतुले आफ्नो संस्थाले सहयोग गरेको बताए । वडा नम्बर तीनका अध्यक्ष समेत रहेका भट्टराईले सक्दो सहयोग गरेर विपदको सामना गर्ने अभियानमा हातेमालो गर्न सबैलाई आह्वान पनि गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार