नेकपाभित्र मारामार:- प्रधानमन्त्री फेर्नेसम्मको तयारी
इन्द्र रिजाल
चैत २३, २०७६ आइतबार २०:२९:३८
२३ चैत्र, काठमाडौं । सत्तारुढ नेकपाभित्र यतिबेला ठूलै आँधी आउने खतराको घण्टी बज्न थालेको छ । कोरोना भाइरसको संक्रमणको आडमा सरकारका केही मन्त्री र कर्मचारीको मिलेमतोमा व्यापक अतियमितता र भ्रष्ट्राचार भएका समाचार पुष्टि हुन थालेपछि तत्काल सचिवालय बैठक बोलाउन चर्काे दवाव परेपनि त्यसले आकार ग्रहण गर्न सकिरहेको छैन ।
सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पाेखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रालयका पदाधिकारीको मिलेमतोमा ओम्नी प्रालिमार्फत गुणस्तरहिन सामान चारगुणा बढी मूल्यमा ल्याइकोमा व्यापक विरोध भईरहेको छ ।
यसै सन्दर्भमा छलफल गर्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सचिवालय बैठक डाक्न प्रयत्न गरिरहेका छन् । तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले भने खासै चासो नदिंदा अलपत्र परेको छ ।
यो सरकार ओली काम्रेडको व्यक्तिगत होइन, नेकपाको हो भन्दै उनले पार्टीले आवश्यकता अनुसार सरकार बनाउने दावी गरिन् । त्यसका लागि छलफल गर्न पनि तत्कालै सचिवालय बैठक डाक्नुपर्नै उनको माग रहेको छ । सचिवालय बैठक डाक्न पूर्व प्रधानमन्त्रीहरु खनाल र नेपालले अध्यक्ष प्रचण्डलाई पटक पटक सुझाएका छन् ।
तर नेताहरुका आक्रोश भने चुलिएको छ भन्दै नेकपाकी चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीले भनिन्– यस्तो गम्भिर र संवेदनशील प्रश्न उठेका बेला सचिवालय बैठक बसेर आश्वस्त तुल्याउने काम नेताहरुले गर्नुपर्छ । तर प्रधानमन्त्री स्वयं अहिले सचिवालय बैठक डाक्न अनिच्छुक हुनुभएको जस्तो देखियो – नेतृ झाँक्री भन्छिन्, यही पारा हो भने अब सरकारको विकल्प खोज्न बाध्य हुनुपर्छ ।
कोरोना भाइरस विरुद्ध आवश्यक स्वास्थ्य सामग्री तथा औषधि आयात गर्न गत साता सरकारले ओम्नी कम्पनीलाई गैरकानूनी ढंगले अनुमति दिंदा करोडौं रुपैयाँ घोटाला भएको सप्रमाण समाचार सार्वजनिक भएपछि बाध्य भएर सम्झौता रद्ध गरिएको थियो । तर यो घटनाले पार्टीलाई गम्भिर क्षति पुगेको छ, त्यसको रुटकज ध्वस्त नबनाएसम्म पार्टी कार्यकर्ताको मनोबल उँचो हुन सक्दैन भन्दै नेतृ झाँक्रीले या त दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री तयार हुनुपर्ने नत्र सरकार छाड्नुपर्ने बताइन ।
यो सरकार ओली काम्रेडको व्यक्तिगत होइन, नेकपाको हो भन्दै उनले पार्टीले आवश्यकता अनुसार सरकार बनाउने दावी गरिन् । त्यसका लागि छलफल गर्न पनि तत्कालै सचिवालय बैठक डाक्नुपर्नै उनको माग रहेको छ । सचिवालय बैठक डाक्न पूर्व प्रधानमन्त्रीहरु खनाल र नेपालले अध्यक्ष प्रचण्डलाई पटक पटक सुझाएका छन् । सोही बमोजिम प्रचण्डले पनि बैठक राख्न प्रधानमन्त्री ओलीसँग दुई पटक अनुरोध गरिसकेका हुन् । तर प्रधानमन्त्रीले हुन्छ भने पनि समय भने नतोकेकाले बैठक हुन नसकेको स्रोतको भनाई छ ।
किनभने निकट मन्त्रीहरु पोख्रेल, ढकाल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र आईटी विज्ञ अस्कर अली नै भ्रष्टाचार काण्डमा मुछिएका नाम हुन् । उनीहरुमाथि प्रहार हुँदा प्रतिरक्षा गर्ने सामथ्र्य ओलीमा छैन । त्यसैले सकेसम्म सचिवालय बैठक टार्ने पक्षमा ओली देखिएका हुन् ।
झलनाथ कम्रेडले त दुईपटक नै प्रचण्डलाई फोन गरी बैठक राख्न अनुरोध गरिसकेको जानकारी दिंदै प्रचण्ड निकट स्रोत भन्छ, आज बिहान समेत प्रधानमन्त्रीसँग कुरा भएको तर टुंगो भने लागिनसकेको उनले बताए । तर जतिसुकै भएपनि अब सचिवालय बैठक नबसी धरै छैन भन्दै उनले आज बेलुकी वा भोलि बिहानसम्म यसबारे टुँगो लाग्ने दावी गरेका छन् ।
ओली अलमलमा
प्रचण्डले पटक पटक सचिवालय बैठक राख्न आग्रह गरेपनि प्रधानमन्त्री ओली तयार भएका छैनन् । त्यसको मूलकारण भनेको आफू निकट नेताकै कारण उनी संकटमा परेका छन् । बैठकको अजेण्डाका रुपमा स्वास्थ्य सामग्री खरिद सम्वन्धमा भएको भ्रष्ट्राचार र कोरोना संक्रमण विरुद्धको रोकथाममा ढिलासुस्ती रहेकाले पनि उनी अलमलमा परेका छन् ।
यी अजेण्डामा छलफल हुँदा ओली रक्षात्मक अवस्थामा रहनुपर्ने अवस्था छ । किनभने निकट मन्त्रीहरु पोख्रेल, ढकाल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र आईटी विज्ञ अस्कर अली नै भ्रष्टाचार काण्डमा मुछिएका नाम हुन् । उनीहरुमाथि प्रहार हुँदा प्रतिरक्षा गर्ने सामथ्र्य ओलीमा छैन । त्यसैले सकेसम्म सचिवालय बैठक टार्ने पक्षमा ओली देखिएका हुन् ।
घेराबन्दी गरेर आफूलाई गलहत्याउने अवस्था तयार गरियो भने ओलीले संसद विघटन गरी मध्यावधिमा जाने धम्की दिन सक्छन् । ओली निकट स्रोत भन्छ– प्रधानमन्त्रीलाई अपदस्थ गर्ने प्रयत्न भयो भने उहाँले पनि आफ्नो अस्त्र प्रयोग गर्नु हुनेछ ।
ईश्वरमाथि पहिलो प्रहार
सचिवालय बैठक बस्ने वित्तिकै सबैभन्दा पहिला स्वास्थ्य सामग्री खरिद प्रकरणमा ईश्वर पोखरेलको गलत रबैयाको चर्चा हुने बुझिएको छ । उक्त प्रकरणमा ईश्वरका साथै भानुभक्त, विष्णु रिमाल र उनका छोरा समेत संलग्न रहेको सप्रमाण पेश गर्ने तयारी रहेको बुझिएको छ । साथै बैठकले तत्काल ईश्वर र भानुभक्तलाई मन्त्री पदबाट फिर्ता गर्न प्रधानमन्त्रीलाई निर्देशन दिने तयारी गरेको बुझिएको छ । सचिवालयमा अहिले ओलीसँग केवल ईश्वर मात्र बाँकी रहेकाले उक्त प्रस्ताव सहजै पारित हुने अवस्था छ । त्यस्तो अवस्था आयो भने ओली थप कमजोर हुनेछन् ।
ईश्वरपछि पालो ओलीको
कदाचित ईश्वरलाई पदमुक्त गर्न सकियो भने ओली आफैं कमजोर हुने अरु सदस्यहरुको बुझाई रहेको छ । सचिवालय सदस्यहरु मध्ये महासचिब विष्णु पौडेलसमेत अहिले ओलीसँग टाढिएका छन् । त्यसैले ईश्वरलाई तह लगाउने वित्तिकै ओलीलाई समेत राजीनामा गर्न बाध्य बनाउन सकिने बुझाई अरु नेताको रहेको छ । ओलीलाई शुरुमै आक्रमण गर्नुभन्दा ईश्वरलाई ध्वस्त पारेर मात्रै जाँदा सहज हुने नेताहरुको ठम्याई छ ।
ओली पनि कमजोर छैनन्
सचिवालय बैठकमा आफूलाई असहज हुने वातावरण तयार गरियो भने डटेर सामना गर्ने तयारी ओलीको रहेको छ । घेराबन्दी गरेर आफूलाई गलहत्याउने अवस्था तयार गरियो भने ओलीले संसद विघटन गरी मध्यावधिमा जाने धम्की दिन सक्छन् । ओली निकट स्रोत भन्छ– प्रधानमन्त्रीलाई अपदस्थ गर्ने प्रयत्न भयो भने उहाँले पनि आफ्नो अस्त्र प्रयोग गर्नु हुनेछ । यस्तो अवस्था आयो भने पार्टीलाई गम्भिर क्षति पुग्ने उनको दावी छ । गत निर्वाचनमा नेपाली जनताले ओलीलाई पाँच वर्ष सरकार चलाउन जनादेश दिएको यथार्थ बिर्सने प्रयास गरियो भने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने चेतावनी उनले दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार