अष्ट्रेलिया पुगेका विद्यार्थीहरुलाई ग्रेसको राहत, समस्यामा परे सम्पर्कमा आउन आग्रह
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार २१:४०:७
२३ चैत, अष्ट्रेलिया । कोरोना भाइरस (कोभिड १९) का कारण अस्ट्रेलियामा समस्यामा परेका नेपाली विद्यार्थीहरुलाइ ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज सहयोग प्रदान गरेको छ । यस्तो परिस्थितीमा संकटमा परेका बिद्यार्थीहरुलाई ग्रेसले आर्थिक सहयोग गरेको संचालक दिपक आचार्यले जानकारी दिए ।
अहिले सुरुको अबस्थामा १२० जना लाई पन्ध्र दिनको घरभाडा बराबरको रकम प्रदान गरिएको आचार्यले जानकारी दिए । पछिल्लो समय अष्ट्रेलिया पुगेका नयाँ विद्यार्थीहरुको संख्या एक सय पचास जना भन्दा धेरै भएपनी उनीहरुको ठेगाना थाहा नभएको र फोन नम्बरसमेत नभएका कारण फेसबुक मार्फत प्रचार गरेर सम्पर्क हुनसकेजतीलाई अहिले पहिलो किस्ताको सहयोग गरिएको र अन्यलाई पनी सम्पर्क गर्ने कोशिस भइरहेको आचार्यले बताए ।
उनका अनुसार यो अवस्थामा अष्ट्रेलियामा आर्थिक समस्यामा परेका बिद्यार्थीहरुलाइ आगामी दिनहरुमा सहयोग गर्नका लागी ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले सहयोग कोष पनि खडा गरेको बताए । खडा भएको कोषमा सहयोग गर्न वा कसैलाई समस्या परेको खण्डमा ०४०३५९४२३० मा सम्र्पक गर्न पनि आचार्यले अनुरोध गरेका छन् ।
सुनौलो भबिष्य निर्माणको सपना बोकेर उच्च शिक्षा हांसिल गर्न पछिल्लो समय अष्ट्रेलिया पुगेका विद्यार्थीहरु बिश्वब्यापी प्रकोपको कारण पुराना विद्यार्थीहरुभन्दा नयाँ विद्यार्थीहरु गम्भिर समस्यामा परेको प्रवासी नेपाली एकता समाज, अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपाने जानकारी दिए । नयां ठाउंमा त्यहांको रहनसहन नबुझेको र काम गरेर पैसा कमाउने अबस्था पनी नभएका कारण उनिहरु गम्भिर आर्थिक संकटमा परेको उनले बताए ।
अष्ट्रेलियाका प्रधानमन्त्रिले अष्ट्रेलियामा पुगेर आफ्नो खाने बस्ने ब्यबस्था आफैं मिलाउन नसक्नेहरुलाई स्वदेस फर्किन अनुरोध गरिसकेका छन् भने पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुका लागि नेपाल सरकार र अष्ट्रेलिया स्थित नेपाली राजदुतावासले कुनै राहतको ब्यबस्था मिलाउने अबस्था छैन । नेपालबाट अभिभाबकहरुले अष्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई पैसा पठाउन सक्ने ब्यबस्था नेपाल सरकारले मिलाएको भएतापनी यसको कार्यान्वयनमा समस्या देखीएको न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार